१९ जेष्ठ २०८१ शनिबार
image/svg+xml
राजनीति

एमालेभित्र बिस्फोट हुन्छ, देशव्यापी रुपमा पहिरो जान्छः झलनाथ खनाल

नेकपा (एकीकृत समाजवादी) का नेता झलनाथ खनालले एमाले पार्टीभित्र बिस्फोट हुने बताएका छन्।

बुधवार नेपाल आदिवासी जनजाती महासंघ(समाजवादी)को काठमाडौं जिल्ला भेलालाई सम्बोधन गर्दै नेता खनालले प्रमुख प्रतिपक्ष पार्टी नेकपा(एमाले)भित्र बिस्फोट र बिद्रोह हुने बताएका हुन्।

उनले एमालेभित्र देशव्यापी रुपमा पहिरो जाने बताए। उनले एमालेको दक्षिणपन्थि कार्यदिशाका कारण पार्टी भित्रैबाट बिद्रोह हुने उल्लेख गरे। उनले जनताको बहुदलिय जनवादबाट समाजवाद आउँदैन भन्नेकुरा एमालेले बुझ्नुपर्ने बताए। उनले एमाले आफ्ना नीतिहरुमा परिवर्तन गर्न बाध्य हुने पनि बताए।

उनले भने, ‘आज यही मञ्चबाट तपाई हामीले एमाले छोडेर हाम्रो पार्टी नेपाल कम्युनिष्ट पार्टी(एकीकृत समाजवादी)मा आज हामीले प्रवेश गराएका छौँ। यो के कुराको थालनी हो भन्दाखेरी अब एमालेभित्र पहिरो जादैछ। र हामीले सही बाटो लिएर अगाडी बढ्यौँ भने हाम्रो पार्टी केही वर्षभित्रमा एउटा राष्ट्रव्यापी पार्टी बन्नसक्छ। उपत्यकाभित्र त एउटा पहिरो जानुपर्छ, पर्छ। देशव्यापी रुपमा गलत कार्यदिशा, दक्षिणपन्थी कार्यदिशा लिएको जो एमाले छ, त्यो एमालेको पंक्तिभित्र अब पहिरो जान्छ। अब जबजबाट समाजवाद आउँदैन भन्नेकुरा एमालेको नेतृत्वले बुझ्नुपर्छ। र एमालेले आफ्ना नीतिहरुमा परिवर्तन गर्न बाध्य हुनुपर्छ। यदि परिवर्तन गर्दैन भने त्यहाँभित्र उथलपुथल हुन्छ। बिस्फोट हुनसक्छ। विभिन्नखालका बिस्फोट र बिद्रोहहरु हुन सक्छन्। यसकारणले हामी सहि कार्यदिशा लिउँ। सहि विचार लिउँ। र सबभन्दा पहिले हामीले हाम्रो पार्टीलाई दह्रो बनाएर लैजाऔँ। यसलाई व्यापक बनाएर लैजाऔँ। र त्यही सहि विचारको आधारमा कम्युनिष्ट आन्दोलनलाई एकतावद्ध पनि गर्नुपर्नेछ।’

प्रकाशित: २० भाद्र २०८० ११:२७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App