२१ आश्विन २०८१ सोमबार
image/svg+xml
राजनीति

१६ वर्ष कटेका झण्डै १० हजारले गराएर मतदाता सूचीमा नामदर्ता

लमजुङ-  आउँदो मंसिरमा हुने प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनका लागि यहाँ झण्डै दशहजार जनाले आफ्नो नाम दर्ता गराएका छन्।

थप ९ हजार ८६ जनाले मतदान गर्न पाउने भएका छन्।  गत साउन १ देखि भदौ ३ गते सम्म नामदर्ताका लागि व्यवस्था गरिएकोमा ९ हजार ८६ जनाले आफ्नो नामदर्ता गराएका हुन् । जिल्ला निर्वाचन कार्यालय र अन्य ७ स्थानीय तहमा नामावली दर्ता गराउने व्यवस्था भएकोमा त्यतिले नाम दर्ता गएका हुन् । त्यस्तै, करिब २ सय जिल्ला बाहिरकाले पनि नाम दर्ता गराएका छन् । १६ वर्ष पुगेर नागरिकताको प्रमाणपत्र लिएपछि नाम दर्ता गराउनेहरु सबैले नामावली दर्ता गरेकोमा भदौ ५ गतेका दिन १८ वर्ष पुगेकाहरुले मात्रै मतदान गर्न पाउने भएकाले वास्तविक मतदाता कति थपिए भन्ने जानकारी निर्वाचन आयोगले जिल्ला कार्यालयमा पठाउने जिल्ला निर्वाचन अधिकारी तुलसीप्रसाद तिमिल्सिनाले बताए। दर्ता गराएका मध्ये ४ हजार ५ सय ८५ महिला र ४ हजार ५ सय १ जना पुरुष गरी जिल्ला भरिका ९ हजार ८६ जनाले नाम दर्ता गराएको उनले बताए ।

कार्यालयका अनुसार मध्यनेपाल नगरपालिकामा ६ सय २४ महिला र ५ सय ५७ जना पुरुष गरी १ हजार १ सय ८१ जना, राइनास नगरपालिकामा ३ सय महिला र ३ सय २४ जना पुरुष गरी ६ सय २४ जना, सुन्दरबजार नगरपालिकामा ७ सय ६३ महिला र ६ सय ५३ पुरुष गरी १ हजार ४ सय १६ जनाले नामावली दर्ता गराएका छन् । निर्वाचन कार्यलय वाट २ हजार ४० महिला र १ हजार ९ सय ८ पुरुष गरी ३ हजार ९ सय ४८ जनाले दर्ता गराएको कार्यालयले जनाएको छ ।

त्यस्तै दोर्दी गाउँपालिकामा २ सय ७९ महिला र ३ सय २७ पुरुष गरी ६ सय ६ जना, दुधपोखरी गाउँपालिकामा १ सय ८२ महिला र २ सय ५९ पुरुष गरी ४ सय ४१ जना, क्व्होसोंथर गाउँपालिकामा ६६ महिला र १ सय २ पुरुष गरी १ सय ६८ जना, मस्र्याङ्दी गाउँपालिकामा ३ सय ३१ महिला र  ३ सय ७१ पुरुष गरी ७ सय २ जनाले नाम दर्ता गराएका छन्। गएको स्थानीयतह निर्वाचनका लागी जिल्लामा १ लाख  ५ हजार ९ सय ९२ जना मतदाता रहेका थिए। जसमा ५५ हजार २ सय ६५ जना महिला र ५० हजार ७ सय २७ जना पुरुष मतदाता थिए ।

उता, हिमाली जिल्ला मनाङमा भने ४ सय १८ जनाले नाम दर्ता गराएका छन् । ति मध्ये २ सय ४२ पुरुष र १ सय ७६ महिला रहेका छन् । जिल्ला कार्यालय, नेस्याङ गाउँपालिका, नासोंङ गाउँपालिका र नारफू गाउँपालिकामा नाम दर्ता गराएको जिल्ला निर्वाचन अधिकारी रामप्रसाद अधिकारीले बताए ।

 

प्रकाशित: १६ भाद्र २०७४ १०:१४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App