नेपाली काँग्रेसका प्रमुख सचेतक रमेश लेखकले संसदलाई साझा थलोको रुपमा विकास गर्न समिति सभापतिहरूको भागबण्डा गरिएको बताएका छन्।
आज प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै प्रमुख सचेतक लेखकले संसदलाई सबैको साझा थलोको रुपमा विकास गर्न सकियोस् भन्नका लागि समिति सभापतिको बाँडफाँट गरिएको बताएका हुन। उनले यसबाट आफूहरूले ऐतिहासिक अभ्यास प्रारम्भ गरेको पनि बताए। उनले यस प्रक्रियामा रास्वपालाई पनि समावेश गराउन चाहेको भए पनि सम्भव नभएको भन्दै उनले आगामी दिनमा रास्वपालाई पनि सहमतिमा लिएर जाने बताए। उनले संसदमा रहेका विधेयकहरूलाई चाँडोभन्दा चाँडो पारित गर्नुपर्ने पनि बताए।
प्रकाशित: १२ भाद्र २०८० १२:५५ मंगलबार