४ पुस २०८१ बिहीबार
image/svg+xml
राजनीति

प्रधानमन्त्रीज्यू गंगामायालाई भेट्न कहिले जानु हुन्छ ?

सांसद् एकनाथ ढकालले प्रधानमन्त्री पुष्पकमल दाहाललाई छोरोको हत्यारालाई कारबाही माग गरि विगत लामो समयदेखि अनशनमा बसेकि गंगामाया अधिकारीलाई भेट्न कहिले जानुहुन्छ भनी प्रश्न गरेका छन्।  

मंगलबार संसद्मा प्रधानमन्त्रीसँगको प्रश्नोत्तर कार्यक्रम अन्तगर्त प्रश्न राख्ने क्रममा सांसद् ढकालले प्रश्न गरे, 'गोरखा फुजेल गाउँका नन्दप्रसाद अधिकारी छोरोको हत्यारालाई कारबाही माग अनशन बसेकै अवस्थामा २०७१ असोज ६ गते निधन भयो। विगत ९ वर्षदेखि उनको शरीर अस्पतालमा सडेको छ। उनकी श्रीमती पनि बेहाल अवस्था छ। गंगामायाको मागको सम्बोधन कहिले र कसरी गर्नुहुन्छ। शान्तिपूर्ण आन्दोलनमा रहेकी गंगामायालाई भेट्नु प्रधानमन्त्रीको कर्तव्य हो कि होइन? कहिले भेट्नुहुन्छ ?'

यसको जवाफ दिँदै प्रधानमन्त्री दाहालले  भने, 'गंगामायालाई मानवीय सेवा प्रदान र संरक्षणका कार्य भइरहेका छन्।  अस्पतालका अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको र उपचारको लागि ३७ लाख ४७ हजार उपलब्ध गराएको छ जानकारी गराउँछु।'

प्रकाशित: १२ भाद्र २०८० ०६:०८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App