११ असार २०८१ मंगलबार
image/svg+xml
राजनीति

पूर्व योजना अनुसार उपसभामुख विरामी, प्रदेशसभा वैठक अनिश्चित

नेकपा एमालेको पूर्व योजना अनुसार कोशी प्रदेशकी उपसभामुख सृजना दनुवार विरामीको वहाना बनाएर काठमाण्डौं लागेपछि कोशी प्रदेशसभाको आजको बैठक अनिश्चित भएको छ। मुख्यमन्त्री  उद्वव थापाले विश्वासको मत लिने प्रयोजनका लागि आजको प्रदेशसभा बैठक उपसभामुख सृजना दनुवारले बोलाएकी थिइन्।

उनले विहान ८ बजे कार्यव्यवस्था परामर्श समितिको बैठक राखेकी थिइन्। तर, प्रतिपक्षी दल नेकपा एमालेको पूर्व योजना अनुसार उपसभामुख सृजना दनुवारले विरामी भएको भन्दै आजको बैठकमा उपस्थित हुन नसक्ने जानकारी आजै  विहान  प्रदेशसभा सचिवालयलाई गराएकी थिइन्। उपसभामुख दनुवार अनुपस्थित भएपछि आजको प्रदेशसभा बैठक अनिश्चित बनेको छ। यद्यपी उपसभामुख सृजना दनुवारले अध्यक्ष मण्डलका सदस्य नेपाली कांग्रेसका इस्रायल मन्सुरीलाई प्रदेशसभा बैठकको अध्यक्षता गर्न तोकेकी छिन्। प्रदेश सभाको विशिष्ट अवस्थाका कारण कांग्रेसका मन्सुरीले अध्यक्षता गरे मुख्यमन्त्री उद्वव थापाले विश्वासको मत नपाउने अवस्था अउने देखे पछि मुख्यमन्त्रीलाई विश्वासको मत दिनबाट रोक्ने एमालेको रणनीति अनुसार उपसभामुखले भूमिका खेलेको सत्तारुढ दलका नेताहरूले बताएका छन्।

उपसभामुखले कांग्रेसका सांसद इस्रायल मन्सुरीलाई सभाको अध्यक्षता गर्न पत्र पठाएका कारण विहानको कार्यव्यवस्था परामर्श समितिको बैठक स्थगित गरेर सभा १२ बजेलाई बोलाउने तयारी भइरहेको प्रदेशसभा सचिवालयका प्रबक्ता गौतमराज अमात्यले बताए। अमात्यका अनुसार सभा १२ बजेको  कार्यव्यवस्था परामर्श समितिको बैठकको अध्यक्षताका लागि अध्यक्ष मण्डलका सदस्य इस्रायल मन्सुरीसँग प्रदेशसभा सचिवालयले सम्पर्कको प्रयास गरिरहेको छ। प्रदेशसभा बैठक सञ्चालनका लागि अध्यक्षता गर्ने सभामुखको अभाव भए  कसरी बैठक सञ्चालन गर्ने भन्ने विषयमा प्रदेशसभाले कानुनी परामर्शसमेत सुरू गरेको अमात्यले बताए।

कोशी प्रदेशसभामा सत्तारुढ गठबन्धनमा ४७ जना सांसदहरू छन्। जसमा कांग्रेसका २९, माओवादी केन्द्रका १३, नेकपा एकिकृत समाजवादीका ४ र जसपाका १ जना सदस्य छन्। यस्तै विपक्षी गठबन्धनमा नेकपा एमालेका ४० र राप्रपाका ६ जना सांसद छन्।

प्रकाशित: ४ भाद्र २०८० ०६:०२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App