४ जेष्ठ २०८१ शुक्रबार
image/svg+xml
राजनीति

नेपाल-भारत सम्बन्धलाई नयाँ दिशा दिन जरुरीः उपेन्द्र यादव

फाइल तस्बिर

जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले नेपाल—भारत सम्बन्धलाई नयाँ दिशा दिन जरुरी रहेको बताएका छन्।

बुधवार नेपाल—भारतमैत्री समाजको काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले नेपाल र भारतमा उपलब्ध श्रोत, साधन, ज्ञान, विज्ञान र प्रविधिलाई प्रयोग गरेर विकास निर्माणमा लाग्नुपर्ने बताए। उनले दुवै मुलुकमा रहेको गरिबी, बेरोजगारी, अशिक्षालाई दुवै देश एक आपसमा मिलेर समाधान गर्नुपर्ने बताए। विकास, उद्योग, व्यापार वा कारोबारको साझेदारीको रुपमा अघि बढ्नसके मात्रै दुवै देशले सोचेको विकास निर्माण हुनसक्ने उनको भनाइ छ। उनले भएका मनमुटावलाई सँगै बसेर छलफलका माध्यमबाट समाधान गर्नुपर्ने बताए।  

उनले भने, ‘हाम्रो दुवै देशको सम्बन्धलाई अब हामीले नयाँ धारा र नयाँ दिशा दिन जरुरी छ। त्यो के हो भने जो नेपाल र भारतमा दुवै मुलुकमा जुन उपलब्ध श्रोत, साधन, ज्ञान, विज्ञान र प्रविधि छ, त्यसको उपयोगबाट हामीले विकासको लक्ष्य प्राप्त गर्न सक्नेछौँ। दुवै मुलुकमा रहेको गरिबी, बेरोजगारी, अशिक्षाबाट जो पीडित छन्, वञ्चित छन्, त्यसको समाप्त गर्न विकास, उद्योग, व्यापार वा कारोबारको साझेदारीको रुपमा अघि बढ्न आवश्यक छ। दुवै देशको सम्बन्धलाई अब दुवै देशको विकास र अघि बढ्नका लागि एक आपसमा मिलेर अघि बढ्नुपर्छ। सँगै भइसकेपछि केही न केही मनमुटाव हुन्छ नै तर त्यसलाई एक आपसमा छलफल गरेर टुंग्याउनुपर्छ।’

प्रकाशित: ३१ श्रावण २०८० १३:४२ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App