४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

ओलीको पालाको ‘गिरीबन्धु जग्गा प्रकरण’ पनि छानबिन गरिने

प्रधानमन्त्री पुष्पकमल दाहालले झापाको बिर्तामोडस्थित गिरीबन्धु टी स्टेट्सको जग्गा प्रकरण पनि छानबिन गर्ने बताएका छन्।

यो जग्गा प्रकरणमा तत्कालीन प्रधानमन्त्री तथा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई विभिन्न आरोप लागेको छ।

प्रधानमन्त्री दाहालले मङ्गलवार बालुवाटारमा भएको सम्पादकहरूसँगको अन्तर्क्रियाका क्रममा गिरीबन्धु जग्गा प्रकरण पनि छानबिन गर्ने बताएका हुन्।

उनले ललिता निवास मात्र नभई देशभर सरकारी जग्गा हिनामिना भइरहेको उल्लेख गर्दै यस्ता ठूला साना सबै प्रकरणहरू छानबिनको दायरामा ल्याउने प्रतिवद्घता जनाएका हुन।

‘गिरी बन्धु टी स्टेटको पनि कुरा आइरहेको छ। त्यसको पनि छानबिन हुन्छ। देशभर सरकारी जग्गा कब्जा गर्ने काम भएका छन्। ती सबैलाई अब हामी हेर्छौ’, प्रधानमन्त्री  दाहालले अन्तर्क्रियाका क्रममा भने।

एमाले अध्यक्ष ओली नेतृत्वको तत्कालीन सरकारले गिरीबन्धु टी स्टेटको नाममा रहको ३ ४२ बिघा १९ कट्ठा १२ धुर जग्गा सट्टा भर्ना गर्न दिने गरी भूमिसम्बन्धी ऐनको आठौँ संशोधन गरेको थियो।

यस्तो बहुमूल्य जग्गा बेच्ने वातावरण तयार गरिदिन कानुन संशोधन गरेको आरोप तत्कालीन सरकार र त्यसको नेतृत्वकर्ता ओलीलाई लागेको छ।

प्रकाशित: ३० श्रावण २०८० १३:१४ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App