८ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

स्वच्छ वातावरणको लागि विद्युतीय सवारी साधनको प्रयोग बढाऔँः मन्त्री बस्नेत

उर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास र समुन्नति सम्भव रहेको बताएका छन्।

शनिवार नेपाल विद्युत प्राधिकरणको ३८ औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित विद्युतीय सवारीसाधनको ¥यालीमा सहभागी भएपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उहाँले यस्तो बताउनुभएको हो। मन्त्री बस्नेतले विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास, समुन्नति र स्वच्छ वातावरणको क्षेत्रमा विद्युतप्राधिकरणले महत्वपूर्ण योगदान गरेको उल्लेख गरे। उनले स्वच्छ वातावरणको लागि विद्युतीय सवारी साधनको प्रयोग बढाउनुपर्नेमा जोड दिए।

उनले भने, ‘विद्युतीकरणको माध्यमबाट देशको आर्थिक विकास, समुन्नति र स्वच्छ वातावरणको क्षेत्रमा विद्युतप्राधिकरणले महत्वपूर्ण योगदान गरेको छ। स्वच्छ वातावरणको लागि विद्युतीय सवारी साधनको प्रयोगका साथै समपूर्ण विद्युतीय सामग्रीको प्रचारप्रसार गर्नुपर्छ।’

नेपाल विद्युत प्राधिकरणले भदौ १ गते आफ्नो ३८ औं वार्षिकोत्सवम मनाउँदै छ। सो अवसरमा प्राधिकरणले सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रमहरु गर्दै आएको छ।

प्रकाशित: २७ श्रावण २०८० ०५:२४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App