१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

नामाकरणको विवाद वार्तावाट टुंग्याउन सरकार तयार छ: मुख्यमन्त्री थापा

शुक्रबार विराटनगरमा पत्रकार सम्मेलन गर्दै कोशीका मुख्यमन्त्री उद्वव थापालगायत। तस्बिरः चुमन बस्नेत /नागरिक

कोशी प्रदेशका मुख्यमन्त्री उद्धव थापाले प्रदेश नामकरणको विवाद वार्ताबाट टुंगो लगाउन सरकार तयार रहेको बताएका छन्।

शुक्रबार पत्रकार सम्मेलन गरी थापाले नामाकरणको  असन्तुष्टि वार्ता र संवादमार्फत सम्बोधन गर्न सरकार तयार रहेको बताएका हुन्।

मुख्यमन्त्री थापाले प्रदेशको नामका विषयमा असन्तुष्टि राख्दै आन्दोलनरत पक्षको माग वार्ता र संबादमार्फत  सम्बोधन गर्न सरकार प्रतिवद्ध रहेको स्पष्ट पारे। ‘नामकरणलाई लिएर देखिएको असन्तुष्टि र विरोधलाई वार्ता संवादको माध्यमबाट सम्बोधन गर्नु प्रदेश सरकार र प्रदेशसभाको कर्तव्य  हो’ थापाले भने। प्रदेशको नामाकरण पछि असन्तुष्टी राख्दै आन्दोलनरत पक्षसँग वार्ता गर्न विश्वासको मत लिएपछि वार्ता समिति गठन गर्ने मुख्यमन्त्री थापाले बताए।

थापाले चाँडै मन्त्रिपरिषद्लाई पूर्णता दिएर प्रदेशसभाबाट विश्वासको मत लिने पनि जानकारी दिए। गत फागुन १७ गते कोशी प्रदेश नामाकरण गरिएको थियो। नामाकरण पछि असन्तुष्ट पक्षले प्रदेशभर आन्दोलनका विभिन्न कार्यक्रमहरू गरिरहेको छ।

प्रदेशमा आन्दोलन चर्किएपछि अघिल्लो हिक्मतकुमार कार्की नेतृत्वको सरकारले पनि वार्ता समिति गठन गरेर आन्दोलनरत पक्षसँग पहिलो चरणको वार्ता गरेको थियो। सरकार परिवर्तनका कारण अर्को चरणको वार्ता भने हुन सकेको छैन।  

प्रकाशित: २६ श्रावण २०८० ११:०३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App