४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

माओवादी सांसदहरूलाई आफ्नो भूमिका वृद्धि गर्न प्रधानमन्त्री दाहालको निर्देशन

फाइल तस्बिर

प्रधानमन्त्री पुष्पकमल दाहालले संसदमा आफ्नो भूमिकालाई वृद्धि गर्न पार्टीका सांसदहरूलाई निर्देशन दिएका छन।

आज सिंहदरबारमा बसेको पार्टीको संसदीय दलको बैठकमा बोल्दै प्रधानमन्त्री दाहालले सांसदहरूलाई संसदभित्र आ–आफ्नो भूमिकालाई वृद्धि गर्न निर्देशन दिएका हुन। उनले अवरुद्ध संसद खुलाउनका लागि प्रमुख प्रतिपक्षी दल लगायत विपक्षी दलहरुसँग छलफल गर्ने पनि बताए। 

बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सांसदहरूलाई सुशासन, समृद्धि र सामाजिक न्याय सहितको रूपान्तरणका लागि संसदमा माओवादी केन्द्रको भूमिकालाई बढाउनुपर्ने प्रधानमन्त्री दाहालको निर्देशन रहेको जानकारी गराए। दाहालले सभामुखसँग दलको शीर्ष नेताहरुको बैठकपछिको विकसित घटनाक्रमहरूको बारेमा सांसदहरूलाई आवश्यक जानकारी गराइने पनि बताउनुभएको उनले जानकारी दिए।  

बैठकमा उपप्रधानमन्त्री तथा गृहमन्त्री समेत रहेका माओवादी केन्द्रका वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठले संघीय शिक्षा ऐन, संघीय निजामती कर्मचारी ऐन र प्रहरी समायोजन ऐन ल्याउने कुरा सरकारको प्राथमिकतामा रहेको कुरा बताएको पाण्डेले उल्लेख गरे।  

प्रकाशित: २२ श्रावण २०८० ०६:०३ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App