४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रास्वपाले राजनीतिक दस्तावेजका लागि जनताहरुबाट सुझाव लिने

राष्ट्रिय स्वतन्त्र पार्टीले पार्टीको दस्तावेज तयार गर्नका लागि जनताबाट सुझाव लिने भएको छ।

नेपाली जनताले कस्तो पार्टी आवश्यक ठानेका रहेछन् भन्ने कुरा थाहाँ पाउनका लागि गाउँ जान लागेको रावस्पाका महामन्त्री मुकुल ढकालले जानकारी दिए।

उनका अनुसार ५१ गाउँबाट सुझाव संकलन गरिने र सुझाव संकलनका क्रममा स्थानीयबासिन्दासँग अन्तक्रिया समेत गरिने छ।

ढकालले भने, 'जनतालाई हाम्रो पार्टी कस्तो हुनुपर्छ भनेर जनतासंग अन्तक्रियागर्दै छौं। पार्टीले कस्तो विचार बोक्ने भनेर पनि जनताको कुरा सुन्दै छौं। हामीले दस्तावेज बनाउँदै छौं। त्यो दस्तावेज नेपाल र नेपालीहरुको लागि महत्वपूर्ण रहनेछ।'

दस्तावेज तयार गर्ने क्रममा प्रतिनिधिमण्डल सदस्यले एक स्थानमा पाँच दिन समय दिएर तीन ठाउँमा पुग्नुपर्ने हुन्छ। तीन गाउँ पुग्नुपर्ने भएकाले १५ दिनको अवधि तोकिएको छ।

सुझाव संकलन गर्ने ठाउँहरु भने तोक्न बाँकी रहेको उनले बताए। 'सुझाव संकलन गर्ने ठाउँहरु तोक्न बाँकी छ। ठाउँ तोक्दा हामी फरक जिल्लाको,फरक भौगोलीकता भएको फरक समुदाय भएको ठाउँहरु तोक्ने छौं', उनले भने

नागरिकसँग सुझाव लिनका लागि प्रश्नावली भने बन्ने क्रममा रहेको  ढकालले बताए। यो अभियान भदौको पहिलो वा दोस्रो हप्ताबाट सुरु गरिने उनको भनाइ छ।

दस्तावेज तयार गर्नका लागि बनेको टोलीमा नेताहरु मुकुल ढकाल, कविन्द्र बुर्लाकोटी, सन्तोष परियार, डा. स्वर्णिम वाग्ले, शिशिर खनाल, सोविता गौतम, सुमना श्रेष्ठ, मनिष झा, डा। तोसिमा कार्की, गणेश कार्की, हरि ढकाल, रमेश प्रसाईं, कमल सुवेदी, गणेश पराजुली, विपीन कुमार आचार्य, क्रान्तिशिखा धिताल, र शंकर श्रेष्ठ छन्।

प्रकाशित: २१ श्रावण २०८० ११:२७ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App