२० आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

सुन तस्करी प्रकरणमा अनुसन्धानको दायरा फराकिलो पार्नुपर्छः सभापति लामिछाने

राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सुन तस्करी प्रकरणमा अनुसन्धानको दायरा फराकिलो पार्नुपर्ने बताएका छन्।

शुक्रबार राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा बोल्दै सभापति लामिछानेले सुन तस्करी प्रकरणको छानबिन राजश्व अनुसन्धान विभागले गरेर मात्रै नपुग्ने बताएका हुन्।

उनले यस प्रकरणमा संगठित अपराध, नागरिकता, पासपोर्ट किर्ते, अन्तरदेशिय अपराध लगायतका विषय पनि जोडिएको भन्दै सो विषयमा पनि अनुसन्धान हुनुपर्ने बताए। उनले यी विषयहरुमा यतिका दिनसम्म अनुसन्धान हुन नसक्ने गम्भिर विषय भएको बताए। यस प्रकरणलाई छानबिन गर्न आयोगको आवश्यकता रहेको पनि उनको भनाइ छ।

उनले भने, ‘सुन तस्करी प्रकरणमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मातहतको राजस्व अनुसन्धानले सुरुवात ग¥यो। ठिक छ प्रशंसै गरौँ अहिलेलाई । तर यो विषयलाई यतिमा मात्रै सिमित राख्नुपर्ने अवस्था रहेन। किनभने यसमा संगठित अपराध पनि जोडियो। सम्बन्धित मान्छेले कुन ढंगले, कसरी पासपोर्ट र नागरिकता प्राप्त गरेको भन्ने विषय पनि आयो। अन्तरदेशिय अपराध पनि यहाँ देखियो। मिलेमतो, संरक्षण जस्ता कयौँ कसुरहरु यसमा देखिए। अनुसन्धान गर्न कसले गर्ने? के कारणले यत्रो दिनसम्म रोकियो? यो गम्भिर विषय भयो। यही बैठक नबस्नुको कारण प्रमाण लुक्ने सम्भावना, संदिग्धहरु भाग्ने सम्भावना हामीले जानिजानि दिइराखेका छौँ कि? यति ठूलो काण्डलाई हामीले किन नजरअन्दाज गर्‍यौँ? म अनुरोध गर्न चाहाछु, छानबिन अगाडी बढाउनका लागि आजकै बैठकले निर्देशन दिनुपर्‍यो। जाँचबुझ आयोगको आवश्यकता छ, छैन। छलफलका लागि साथीहरुलाई आग्रह गर्न चाहन्छु। आवश्यकता छ जस्तो मलाई लाग्छ।’

प्रकाशित: १९ श्रावण २०८० १२:०८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App