२ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

गोपनियता भंग हुने भएकाले बैठक लाइभ गरिएनः माधव सापकोटा

फाइल तस्बिर।

सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को केन्द्रिय कमिटीको बैठकमा आज १८ जना सदस्यहरुले आफ्नो धारणा राखेका छन्।

बुधवार बसेको पार्टीको केन्द्रिय कमिटीको बैठकमा पार्टी अध्यक्ष पुष्पकमल दाहालले छलफलको विषयहरु राखिसकेपछि १८ जना केन्द्रिय कमिटी सदस्यहरुले आफ्ना धारणा राखेका हुन्।

अध्यक्ष दाहालले संगठनात्मक संरचना भद्दा र चुस्त नभएको र अब चुस्त बनाएर लैजानुपर्ने धारणा राखेको केन्द्रिय कमिटी सदस्य माधव सापकोटाले बताए।

उनले एक पटक पार्टी पंक्तिलाई वडा स्तरमा फर्काउने र तीन महिनाको अभियान सञ्चालन गरी विधान सम्मेलन बारेमा छलफल भइरहेको बताए। उनले बैठक लाइभ गर्नु भनेको मुल आत्मालाई मार्नु भएकाले बैठक लाइभ नगरिएको स्पष्ट पारे।

उनले भने, ‘पार्टी अध्यक्ष कमरेडले बैठकमा छलफल गर्ने प्रश्ताव प्रश्तुत गर्नुभयो। प्रश्तावको सार संगठनात्मक संरचना भद्दा र चुस्त नभएको कुरा उठिरहेको थियो, यसलाई दुरुस्त बनाउने र एक पटक पार्टी पंक्तिलाई वडा स्तरमा फर्काउने र तीन महिनाको अभियान सञ्चालन गरी विधान सम्मेलन गर्ने। विधान सम्मेलनबाट पार्टीलाई चुस्त र व्यवस्थित बनाउने प्रश्ताव राख्नुभएको छ। आज १८ जनाले आफ्ना धारणा राख्नुभयो। बैठक लाइभ गर्नु भनेको मुल आत्मालाई मार्नु हो। किनभने बैठक आन्तरिक हो, घरायसी हो। नेतृत्वको आलोचना गर्ने, सुझाव दिने कुरा हो । लाइभ गर्दा गोपनियता भंग हुन्छ। त्यसलाई आन्तरिक रुपमा सिमित गरिएको हो।’

केन्द्रिय सदस्य सापकोटाले बैठकको लाइभ गर्दा गोपनियता भंग हुने भएकाले नगरेको बताए।

प्रकाशित: १७ श्रावण २०८० १२:४५ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App