८ वैशाख २०८१ शनिबार
राजनीति

प्यूठानमा एमाले कांग्रेस बराबर

प्यूठान- दोस्रो चरणमा सम्पन्न स्थानीय तह निर्वाचन २०७४ को नतिजा आइरहेका छन्। नौं स्थानीय तह भएको प्यूठानमा ८ वटा तहको नतिजा सार्वजनिक भइसेकेको छ। सार्वजनिक मतगणनाको नतिजा अनुसार एमाले प्रमुख ३ र उपप्रमुख २ स्थानमा बिजयी भएको छ। कांग्रेस प्रमुख ३ उपप्रमुख १ स्थानमा निर्वाचित भएको छ। राजमो भने प्रमुख, उपप्रमुख २/२ स्थानमा बिजयी भएको हो। माओवादी केन्द्रले भने प्रमुखमा अहिलेसम्म खाता खोलेको छैन ३ स्थानमा उपप्रमुख हात पारेको छ।

एमालेका तर्फबाट स्वर्गद्वारी नगरपालिकामा नेत्र रोकाय, सरुमारानीमा झग बहादुर बिक, माण्डवी गाउँपालिकामा श्रीधर रोका बिजयी हुन सफल भए। नेपाली कांग्रेसका तर्फबाट गौमुखी गाउँपालिकामा उम्मेद्वार रहेका विष्णु कुमार गिरी, नौबहिनीमा शिव रिजाल र ऐरावती गाउँपालिकामा नबिल बिक्रम शाह निर्वाचित भएका छन्।

राष्ट्रिय जनमोर्चा पनि २ स्थानीय तहमा बिजयी हुन सफल भएको छ। बिगतका बिभिन्न निर्वाचनमा आफ्नो पकड जमाउँदै आएको जनमोर्चाका उम्मेद्वार मल्लरानी गाउँपालिकामा अमरध्वज राना र झिमरुक गाउँपालिकामा तिलक जिसी बिजयी भएका छन्। जारी मतगणनाको सम्पन्न मत परिणाम अनुसार एमालेले २१ वडा, कांग्रेस १४, राजमो १३, माओवादी केन्द्रले १० वटा वडामा बिजयी भएका छन्। अहिले प्यूठान नगरपालिकाको मतगणना जारी छ।

प्रकाशित: १८ असार २०७४ ०३:२२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App