१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

कोशीको मुख्यमन्त्रीमा उद्धव थापाले गरे दाबी

कोशी प्रदेशको मुख्यमन्त्रीमा गठबन्धनका तर्फबाट नेपाली कांग्रेस संसदीय दलका नेता उद्धव थापाले दाबी पेश गरेका छन्।

कांग्रेसका २९, माओवादीका १३, एकीकृत समाजवादी चार र जसपाका एक सांसदको समर्थनमा उद्धव थापाले मुख्यमन्त्रीमा दाबी पेस गरेका हुन्।

प्रदेश प्रमुख खापुङले आज ५ बजेसम्मको समय दिएर संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकारको दाबी पेस गर्न आव्हान गरेका थिए। सोही आव्हान अनुसार थापाले दाबी पेस गरेका हुन्।

प्रकाशित: १६ श्रावण २०८० ११:१५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App