१५ असार २०८१ शनिबार
image/svg+xml
राजनीति

सुदुरपश्चिम सरकारमा सहभागी हुँदै नाउपा

नागरिक उन्मुक्ति पार्टी (नाउपा) सुदुरपश्चिम सरकारमा सामेल हुने भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा मंगलबार बिहान प्रधानमन्त्री पुष्पकमल दाहालसँग नाउपाका शीर्ष नेताको छलफलपछि प्रदेश सरकारमा सहभागी हुने सहमति जुटेको हो।  

सहमति अनुसार नाउपाले एक मन्त्री, एक राज्यमन्त्री र दुई वटा संसदीय समितिको सभापति पाउने भएको छ।  

नाउपालाइ  भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री र त्यसैको राज्यमन्त्री दिइने बताइएको छ। सोमबार र मंगलबार भएको छलफलपछि नाउपाले सरकारमा जाने सहमति जनाएको हो।  सुदूरपश्चिमका मुख्यमन्त्री कमल बहादुर शाह, नाउपा अध्यक्ष रन्जिता श्रेष्ठ, नेता रेशमलाल चौधरी लगायतसँग प्रधानमन्त्री दाहालले छलफल गरेका थिए ।

प्रकाशित: १६ श्रावण २०८० ०६:१६ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App