प्रधानमन्त्री पुष्पकमल दाहाल र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीबीच आज बिहान भेटवार्ता भएको छ। प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा संसद्मा नेकपा एमालेले गर्दै आएको अवरोध हटाउने विषयमा छलफल भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । साथै प्रधानन्यायाधीश सिफारिस लगायतका विषयमा कुराकानी भएको बुझिएको छ।
आज दिउँसो १ बजे बस्ने प्रतिनिधि सभाको बैठकमा एमालेले अवरोध कायमै राख्ने तयारी गरेको छ। आइतबार प्रधानमन्त्री दाहाल र ओलीबीत भएको छलफलमा कुनै निष्कर्ष नआएपछि आजको बैठक पनि अवरोध गर्ने एमालेले जनाएको छ।
प्रकाशित: १५ श्रावण २०८० ०५:३३ सोमबार





