४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

रास्वपाले निलम्बन गर्‍यो बझाङका जिल्ला संयोजक खड्कालाई

फाइल तस्बिर

राष्ट्रिय स्वतन्त्र पार्टीले बझाङका जिल्ला संयोजक नगेन्द्र खड्कालाई निलम्बन गरेको छ।

राष्ट्रिय स्वतन्त्र पार्टीका प्रवक्ता मुकुल ढकालले जिल्ला संयोजक नगेन्द्र खड्कालाई निलम्बन गरेको जानकारी दिए।   

ढकालले भने, 'पत्रकारमाथी हातपात गरेको भनि आएका बझाङका सम्वन्धित पार्टी सदस्यलाई सदस्यताबाट निलम्बन गरिएको छ।'

खड्कामाथि अनुशासन समितिले थप अनुसन्धान गरिरहेको पनि उनले बताए। अनुसन्धान अनुसार पछि आवश्यक कारबाही गरिने पनि उनले बताए। 

प्रकाशित: ९ श्रावण २०८० ११:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App