३ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

महामन्त्रीले केन्द्रीय समितिमा राखेका कार्यक्रमको सही कार्यान्वयन गरौँः नेता बडू

फाइल् तस्बिर

नेपाली कांग्रेसका नेता दिलेन्द्रप्रसाद बडूले पार्टीको केन्द्रीय समिति बैठकमा महामन्त्री गगनकुमार थापाले प्रस्तुत गरेको कार्यक्रमको कार्यान्वयन हुनुपर्ने बताएका छन्।

मंगलवार काठमाडौंमा आयोजित चियापान समारोहलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले केन्द्रीय समितिका एजेण्डा सही र व्यवस्थित रहेको बताए। उनले महामन्त्रीले प्रस्तुत गरेको कार्यतालिका र कार्यक्रमहरु संस्थाको कार्यक्रम मानेर कार्यान्वयनका लागि एकजुट हुनुपर्ने बताए। उनले महामन्त्री थापाले प्रस्तुत गरेको कार्यक्रम कार्यान्वयन भए पार्टी राम्रोसँघ अघि बढ्ने बताए।

उनले भने, ‘केन्द्रीय समितिका एजेण्डा सही छन्, व्यवस्थित रुपमा आएको छ। सबै एजेण्डामा सबैले आफ्ना विचार राख्नसक्ने समय भएन। त्यो भएको भए सबै एजेण्डामा सबैको विचार आउँथ्यो। समय सिमित भयो, लाइभ गर्नेकुरा नयाँ भयो, लाइभ गर्ने कुरा गलत भयो भन्न मिल्दैन, कुनै केन्द्रिय सदस्यले एजेण्डामा आफ्ना विचार व्यवस्थित ढंगले राख्ने वातावरण बन्यो। केन्द्रिय समितिमा कार्यतालिका र कार्यक्रम आएको छ महामन्त्रीमार्फत यो सबैको एजेण्डा र कार्यक्रम हो। संस्थागत कार्यक्रम हो। यसको कार्यान्वयनको लागि पार्टीको संस्थागत र एकतावद्ध ढंगले जुट्नुपर्छ, यो अहिलेको आवश्यकता हो। यसले पार्टीमा नयाँ जीवन दिन्छ। यो अब महमन्त्रीको कार्ययोजना नभइ संस्थाको रुपमा लिनुपर्छ। यसरी गए पार्टी निश्चित रुपमा अघि बढ्छ। पार्टीभित्र हाम्रो एकता छ, एकतावद्ध ढंगले जान्छौँ।’

नेता बडूले केन्द्रिय समितिको बैठकमा सबै एजेण्डामा धारणा राख्नलाई समय पर्याप्त हुन नसकेको गुनासो गरे।

प्रकाशित: ९ श्रावण २०८० ०६:३० मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App