१६ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

राजनीतिक रुपान्तरणका लागि एग्जिट पोलिसी अनिवार्यः महामन्त्री शर्मा

नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले राजनीतिको रुपान्तरणका लागि एग्जिट पोलिसीको आवश्यकता रहेको बताएका छन्।

सोमबार बसेको केन्द्रिय समितिको बैठकलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले राजनीतिक दलहरुले एग्जिट पोलिसी बनाएको खण्डमा राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र सांसदहरु भइरहने प्रवृत्तिको अन्त्य हुने बताए। राजनीतिमा उमेर नभइ एजेण्डा महत्वपूर्ण हुने भएपनि महत्वपूर्ण पदहरुमा भने एग्जिट पोलिसी राख्न जरुरी देखिएको उनले बताए।

उनले भने, ‘रुपान्तरणको अभियान भनेर केही साथीहरुले नै कार्यक्रम गरेर हिँड्नुभयो, त्यहाँ कतिपय शब्द प्रयोग गर्दैगर्दा कमजोरी भएको छ भने ति साथीहरुले आत्मलोचना गरेर बस्नुपर्छ। तर त्यहाँ पनि केही महत्वपूर्ण विषयहरु संगठनका लागि गरौँ भनेर आएका छन्। त्यसलाई पनि काँग्रेसले ग्रहण गर्नुपर्छ। राजनीतिक रुपान्तरणको लागि एउटा के जरुरी देखियो भने एग्जिट पोलिसी जरुरी देखियो। त्यो एग्जिट पोलिसी भनेको त्यो सबैमा थियो भने धेरै वर्ष पहिला सभापतिले राजनीतिबाट राजीनामा दिनुहुन्थ्यो। केही वर्षअघि लहर चलेको थियो। ७० वर्ष नाघेकालाई राजनीतिबाट बिदा गर्ने भनेको थियो। एज नभइ राजनीतिमा एजेण्डा हुनुपर्छ भनेर मैले भन्दा म आलोचित भएँ। तर नेकपा एमालेले त्यसलाई ग्रहण ग¥यो, त्यसलाई लागू गरेको छ। हामीले एग्जिट पोलिसी राखेको भए शेरबहादुर दाईले जस्तो ५ पटक हुन्थे भन्ने सोच्दैन। त्यसैले एग्जिट पोलिसी आवश्यक छ।’

महामन्त्री शर्माले विभिन्न नयाँ दलहरुले मिसन २०८४ सञ्चालन गरेपनि २०८४ मा २००७ सालको जस्तो क्रान्ती नभइ मात्र निर्वाचन हुने बताए। उनले पार्टीको कुनै सदस्यले कालो मोसो दल्ने, शारीरिक आक्रमण गर्नेलाई पार्टीमा कुनै स्थान दिनु नहुने बताए। महामन्त्री शर्माले कानून हातमा लिने कार्यकर्ताको तत्काल सदस्यता खारेज गर्न प्रस्ताव गरे।  

प्रकाशित: ८ श्रावण २०८० ११:५२ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App