१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

बाजुरामा काँग्रेस – एमाले कार्यकर्ताबीच झडप हुँदा १५ घाइते

बाजुरा – बाजुराको छेडेदह गाउँपालिका ५ मा आइतबार दिउँसो नेपाली काँग्रेस र नेकपा एमाले कार्यकर्ता बीच झडप हुँदा १५ जना घाइते भएका छन् । घाइते मध्ये सातको अवस्था गम्भीर रहेको छ। 

चुनावी प्रचार प्रसारको क्रममा ढुंगा प्रहार भएको निउँमा झडप भएको हो । झडपमा परि घाइते भएकाहरूको स्थानीय अस्पतालमा उपचार भइरेको छ  भने घाइते मध्येका एक दशबहादुर रावतको अवस्था चिन्ताजनक भएपछि उनलाई जिल्ला अस्पताल पठाइएको छ ।  

घाइतेहरूमा प्रेम खड्का, बलबहादुर रावत, चैते रोकाया, मिनबहादुर धामी लगायत रहेका छन् । 

प्रकाशित: ४ असार २०७४ १०:०४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App