१७ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

प्रधानमन्त्री दाहाल इटाली प्रस्थान

प्रधानमन्त्री पुष्पकमल दाहाल इटाली प्रस्थान गरेका छन्।

साउन ८ देखि १० गतेसम्म आयोजना हुने संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री शनिवार साँझ इटाली प्रस्थान गरेका हुन्।

प्रधानमन्त्रीसँग कृषि तथा पशुपंक्षी विकासमन्त्री डा. वेदुराम भुसाल, राष्ट्रिय योजना आयोगका सदस्य डा. जयकान्त राउत तथा प्रधानमन्त्री पुत्री गंगा दाहाल पनि भ्रमण टोलीमा छन्।

प्रधानमन्त्री दाहाललाई बिदाई गर्न उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठ, परराष्ट्रमन्त्री नारायणप्रकाश साउद, मुख्यसचिव डा.वैकुण्ठ अर्याल लगायत नेताहरु विमानस्थल पुगेका थिए।

उनले इटालीमा संयुक्त राष्ट्रसङ्घीय खाद्य प्रणाली शिखर सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ। ‘युनाइटेड नेसन्स फुट समिट प्लस टु स्टकटेकिङ मोमेन्ट’ नामक शिखर सम्मेलनका लागि नेपाल सरकारका तर्फबाट प्रधानमन्त्री दाहालले औपचारिक रुपमा आफनो धारणा राख्नेछन्। 

प्रकाशित: ६ श्रावण २०८० १२:४१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App