१२ असार २०८१ बुधबार
image/svg+xml
राजनीति

विवरण नबुझाउने दललाई आयोगको कारबाही

निर्वाचन आयोगले तोकेको समयभित्र लेखा परीक्षण प्रतिवेदन पेस नगर्ने राजनीतिक दललाई कारबाही गर्ने भएको छ। सोमबार आयोगमा बसेको बैठकले ३९ वटा दललाई प्रतिदल ७ हजार रूपैयाँ जरिबाना गर्दै ७ दिनभित्र लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरेर आयोगमा पेस गर्न निर्देशन दिएको जानकारी आयोगको राजनीतिक दल महाशाखाका प्रमुख गुरु वाग्लेले दिए।  

‘आयोगमा दर्ता भएका ८२ वटा राजनीतिक दलले कानुनबमोजिम समयभित्र लेखा परीक्षण प्रतिवेदन पेस गरेकोमा यसरी लेखा परीक्षण प्रतिवेदन पेस गर्ने राजनीतिक दललाई सो लेखा परीक्षण प्रतिवेदन ७ दिनभित्र सम्बन्धित दलको कार्यालय, वेबसाइट, आमसञ्चार माध्यम र सामाजिक सञ्जाललगायतका माध्यमबाट सार्वजनिक गरी सार्वजनिक गरेको जानकारी आयोगमा पेस गर्न निर्देशन दिने भनी आयोगबाट वैशाख २६ गते निर्णय भई सोसम्बन्धी सूचना गरी सम्बन्धित दललाई समेत पत्राचार गरिएकोमा लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरी सोको जानकारी आयोगमा पेस नगर्ने ३९ राजनीतिक दललाई राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ५४ को उपदफा ५ को देहाय खण्ड (ग)बमोजिम जनही ७ हजार रूपैयाँको जरिबाना गर्ने र ७ दिनभित्र तोकिएबमोजिम सार्वजनिक गरी सार्वजनिक गरेको ७ दिनभित्र आयोगमा पेस गर्न आदेश दिने निर्णय भएको छ,’ उनले भने, ‘सम्बन्धित राजनीतिक दलहरूले जरिबानाबापतको रकम ३५ दिनभित्र आयोगमा दाखिला गर्न निर्देशन दिने निर्णय भएको छ। तोकिएको समयभित्र जरिबाना नबुझाउने राजनीतिक दललाई तत्कालमा हुने निर्वाचन भाग लिन नपाउनेगरी रोक लगाउने निर्णय आयोगले गरेको छ।’

हालसम्म ८२ वटा राजनीतिक दलहरूले खर्चको आय–व्यय निर्धारित समयभित्र पेस गरेका छन्। त्यस्तै १२ वटा राजनीतिक दलले तोकिएको समयसीमा भन्दा ढिलो गरी लेखापरीक्षण प्रतिवेदन पेस गरेका छन्। आयोगका अनुसार नेकपा (माक्र्सवादी लेनिनवादी), राष्ट्रिय यथार्यवादी पार्टी, नेपाल, राष्ट्रिय एकता पार्टी प्रजातन्त्रवादी, मधेस तराई फोरम, नेपाल पूर्वराष्ट्र सेवक लोकतान्त्रिक पार्टी, नेकपा (माक्र्सवादी), मधेसी जनअधिकार फोरम मधेस, बहुजन शक्ति पार्टी, खम्बुवान राष्ट्रिय मोर्चा नेपाल, नेपाल सुकुमबासी पार्टी (लोकतान्त्रिक), बहुजन समाज पार्टी नेपाल, नेपाल जनता दल, राष्ट्रवादी एकता पार्टी, तामाङसालिङ लोकतान्त्रिक पार्टी, अखण्ड सूदुरपश्चिम पार्टी, संघीय विकासवादी पार्टी, राष्ट्रिय एकता मञ्च, जनजागरण पार्टी, राष्ट्रिय नागरिक पार्टी, जनसमाजवादी पार्टी, राष्ट्रवादी युवा मोर्चा, नेपाल समाजवादी पार्टी, इतिहासिक प्रजातान्त्रिक जनता पार्टी, आमूल परिवर्तन मसिहा पार्टी, जन प्रजातान्त्रिक पार्टी, नेपाल संघीय समाजवादी, सामाजिक लोकतान्त्रिक पार्टी, प्रजातान्त्रिक पार्टी नेपाल, नेपाल मातृभूमि पार्टी, माओवादी कन्युनिष्ट पार्टी, नेपाल सद्भावना पार्टी, राष्ट्रिय सद्भावना पार्टी, उन्नत लोकतन्त्र पार्टी, नेपाल विवेकशील पार्टी, तराई मधेस लोकतान्त्रिक पार्टी, नेपाल सुशासन पार्टी, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादी र देशभक्त लोकतान्त्रिक पार्टीलाई जरिवाना गरिएको छ।  

हालसम्म ८२ वटा राजनीतिक दलहरूले खर्चको आय–व्यय निर्धारित समयभित्र पेस गरेका छन्। १२ दलले तोकिएको समयसीमा भन्दा ढिलो गरी लेखापरीक्षण प्रतिवेदन पेस गरेका छन्।

‘आयोगमा दर्ता भएका ८२ वटा राजनीतिक दलले कानुनबमोजिम समयभित्र लेखा परीक्षण प्रतिवेदन पेश गरेकोमा यसरी लेखा परीक्षण प्रतिवेदन पेश गर्ने राजनीतिक दललाई सो लेखा परीक्षण प्रतिवेदन ७ दिनभित्र सम्बन्धित दलको कार्यालय, वेबसाइट, आमसञ्चार माध्यम र सामाजिक सञ्जाललगायतका माध्यमबाट सार्वजनिक गरी सार्वजनिक गरेको जानकारी आयोगमा पेश गर्न निर्देशन दिने भनी आयोगबाट वैशाख २६ गते निर्णय भई सोसम्बन्धी सूचना गरी सम्बन्धित दललाई समेत पत्राचार गरिएकोमा लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरी सोको जानकारी आयोगमा तोकिएको समयसिमा व्यतित भएपछि १२ वटा राजनीतिक दलले लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गरी सोको जानकारी आयोगमा उपलब्ध गराएको हुँदा उनीहरूलाई अब उप्रान्त लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्दा आयोगले तोकेको समयसिमा भित्र सार्वजनिक गर्नु भनी सचेत गराउने निर्णय भएको छ,’ उनले भने। नेपालका लागि नेपाली पार्टी, नेमकिपा, नेपाल कम्युनिष्ट पार्टी (माक्र्सवादी पुष्पलाल), एकीकृत शक्ति नेपाल, लोकतान्त्रिक समाजवादी पार्टी, नयाँ पार्टी, किरात खम्बुवान साझा पार्टी, राष्ट्रिय जनमोर्चा, मितेरी पार्टी, नेकपा (एकीकृत समाजवादी), राष्ट्रिय विकास पार्टी र चुरेभावर लोकतान्त्रिक पार्टीलाई सचेत गराइएको आयोगले जनाएको छ।  

आर्थिक वर्ष २०७७-७८ र २०७८-७९ को लेखापरीक्षण लगातार पेस नगर्ने र तोकिएको समयभित्र स्पष्टीकरण पेस नगर्ने मुस्कान सेना नेपाल र शिव सेना नेपाललाई ७ दिनभित्र लेखा परीक्षण आयोगमा पेस गर्न आदेश दिई राजनीतिक दलसम्बन्धी ऐन, २०७३को दफा ५४को उपदफा (५) बमोजिम जनही १५ हजार जरिवाना गर्ने निर्णय गरेको छ। त्यस्तै आर्थिक वर्ष २०७७-७८ र २०७८-७९ को लेखापरीक्षण पेश नगर्ने आम आदमी पार्टी, राष्ट्रिय जनमुखी पार्टी लोकतान्त्रिक र नेकपा लोकतान्त्रिकलाई स्पष्टीकरण सोध्दा त्यसको जवाफ समयभित्र नदिएको हुँदा जनही २० हजार रूपैयाँ जरिबाना गर्ने निर्णय गरेको छ।

गत वर्षको लेखा परीक्षण पेस नगर्ने १६ वटा राजनीतिक दललाई आयोगले स्पष्टीकरण सोधेकोमा चित्तबुझ्दो जवाफ नदिने पिछडावर्ग निसाद दलित जनजाति पार्टी, नेसनलिस्ट पिपुल्स पार्टी, समाजवादी पार्टी र नेपाल दलित पार्टीलाई जनही १० हजार रूपैयाँ जरिवाना गर्ने आयोगले निर्णय गरेको छ। गत वर्षको लेखा परीक्षण प्रतिवेदन पेस नगर्ने नेपाः राष्ट्रिय पार्टी, गान्धीवादी पार्टी, नेकपा परिवर्तन र समाजवादी केन्द्रलाई जनही १५ हजार रूपैयाँ जरिबाना गर्ने आयोगले जनाएको छ।  

समयमा लेखा परीक्षण पेस नगर्ने १६ वटा राजनीतिक दललाई स्पष्टीकरण सोधेकोमा तोकिएको समयसिमाभित्र स्पष्टीकरण नदिने नेपाल नौलो जनता पार्टी, नेपाल राष्ट्रवादी पार्टी, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्च थरूहट, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, माओवादी जनमुक्ति पार्टी, सामाजिक एकता पार्टी, साझा पार्टी र नेकपा गौरवशालीलाई जनही २० हजार रूपैयाँ जरिबाना गर्ने निर्णय आयोगले गरेको छ। लेखा परीक्षण प्रतिवेदन तोकेको समयावधि व्यतित भएपछि पेश गर्ने ९ दललाई सो लेखा परीक्षण प्रतिवेदन तोकिएको समयावधिभित्र आयोगमा किन पेश नगरेको भनी सफाइ पेस गर्न भनिएकोमा बहुजन एकता पार्टी, नेपाली ग्रिन्स पार्टी, नागरिक उन्मुक्ति पार्टी, नेपाल आमा पार्टी, जनता प्रगतिशील पार्टी, नेपालवाद, संघीय खुम्बुवान लोकतान्त्रिक पार्टी र नेपाल समाजवादी पार्टीलाई जनही ७ हजार रूपैयाँ जरिवाना गर्दै ७ दिनभित्र प्रतिवेदन सार्वजनिक गर्न निर्देशन दिएको छ। आयोगले लेखा परीक्षण प्रतिवेदन तोकेको समयभन्दा ढिलो गरी पेस गर्ने त्रिमुल नेपाललाई १० हजार रूपैयाँ जरिबाना गर्दै गरेको छ।

प्रकाशित: २ श्रावण २०८० ०२:२९ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App