१५ आश्विन २०८१ मंगलबार
image/svg+xml
राजनीति

विकास समितिको निर्देशन: १२० मिटरमा जेव्रा क्रसिङ, भिआइपीले ट्राफिक नियम उल्लङघन गरे कारबाही

काठमाडौ– व्यवस्थापिका संसदको विकास समितिले  उपत्यकाभित्रका सडकमा प्रत्येक १ सय २० मिटरमा जेव्रा क्रसिङ बनाउन निर्देशन दिएको छ। शुक्रबार बसेको समितिको बैठकले  कम्तीमा १२०मिटरको दु्रीमा एक जेव्राक्रसिगं चिन्ह राख्ने गरि तत्काल (७दिनभित्र) मापडण्डबनाई जेब्रा क्रसिंङ बनाउने काम १५ दिन भित्र गरि सक्न र अन्य ट्राफिक चिन्हहरु (गति निर्धारण चिन्ह, लेन लाइन, चढ्ने आराल्ने चिन्ह, ब्लाक स्पटचिन्हरु आदी) राख्ने काम २ महिनाभित्र राखी सक्नसडकविभाग, यातायात व्यवस्था विभाग र नेपाल प्रहरी–ट्राफिक व्यवस्थापन महाशाखालाई निर्देशन दिएको हो ।

समितिले अति विशिष्ट व्यक्तिहरुको आवागमनहुने समयमा सृजनाहुने सवारी जामलाई सरलिकरण गर्ने मापदण्ड बनाई कार्यान्वयन गर्न र अन्य विशिष्ट व्यक्तिहरुले ट्राफिक नियमको पालना नगरे कानुन बमोजिम कारवाही गर्न समितिले निर्देशन दिएको छ । 

उपत्यका भित्रको सडक पुर्वाधारलाई नियमित एवं क्रमिकरुपमा स्तरोन्नती गर्न, सडक पेटी नभएका सडक खण्डहरुमा सडक पेटीको निर्माणको कामयथा शीघ्र थालनीगर्न, सडक पेटीहरुमा एकरुपता ल्याउन, १ महिना भित्रमा पडण्ड बनाई कार्यान्वयन गर्न विकास समितिले भनेको छ।  आगामी दिनमा निर्माणहुने सडकहरु (जतिसुकै लेनको भएपनि) अनिवार्यरुपमा सडकपेटीको व्यवस्थागर्न गराउन समेत समितिले निर्देशन दिएको छ। 

ट्राफिक नियम उल्लंघन गरे वापत ट्राफिक प्रहरीबाट गरिने जरिवानाको केही प्रतिशत ट्राफिक प्रहरीलाई उपलब्ध हुने व्यवस्था प्रति सर्वसाधारणको नकारात्मक धारण रहेको भन्दै समितिले उक्त व्यवस्था हटाई आवश्यकता अनुसार जोखिम तथा प्रोत्साहन भत्ता उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ।

 

प्रकाशित: २६ जेष्ठ २०७४ १०:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App