काठमाडौं—नवनियुक्त प्रधानमन्त्री शेरबहादुर देउवाले फोन गरेर बोलाएपछि रामचन्द्र पौडेल सपथग्रहण समारोह आइपुगेका छन्। सभापतिको आग्रहमा पौडेल सपथग्रहण समारोहमा सुरु हुनुभन्दा करिब १० मिनेट अगाडि आइपुगेका हुन्।
मन्त्रिमण्डल गठनबारे पार्टीभित्र छलफल नगरेको भन्दै काँग्रेसभित्रको पौडेल समूहले असन्तुष्टि जनाएको छ। बुधबार बिहान बसेको बैठकले देउवाले एकलौटी निर्णय गरेको भन्दै सपथग्रहण कार्यक्रममा सहभागी नहुने र मन्त्री पनि सिफारिस नगर्ने निर्णय गरेको थियो ।
सरकार गठनको पूर्वसन्ध्यामा पार्टीभित्र तीतो बढेपछि देउवाले पौडेललाई फोन गरेका थिए। उनले पार्टीभित्रका समस्या छलफल गरेर मिलाउँला, सपथमा नआउँदा राम्रो सन्देश जाँदैन भनेर फोनमा पौडेल सपथग्रहण समारोह शीतल निवास आएका हुन्।
प्रकाशित: २४ जेष्ठ २०७४ ०८:२२ बुधबार