४ आश्विन २०८१ शुक्रबार
image/svg+xml
राजनीति

सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न प्रधानमन्त्रीको आह्वान

प्रधानमन्त्री पुष्पकमल दाहालले भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न आह्वान गरेका छन।

आज प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आयोजित पुष्पलाल राष्ट्रिय पुरस्कार—२०८० समर्पण समारोहलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन। उनले समाजवादी संस्कृति निर्माणको कार्यभारलाई केन्द्रमा राख्दै भ्रष्टाचारका विरुद्ध र सुशासनका पक्षमा श्रम संस्कृतिको विकास गर्न आह्वान गरे।

 प्रधानमन्त्री दाहालले  जनताको निकै ठूलो त्याग र बलिदानबाट निर्मित संविधानले समाजवाद उन्मुख राज्य निर्माणको संकल्प गरिसकेका कारण सिर्जनाहरूसमेत समाजवादको वैचारिक एवं सांस्कृतिक आधार निर्माणमा केन्द्रित रहनुपर्नेमा जोड दिए। 

उनले पुरस्कृत प्रतिभाहरूको प्रेरणाबाट यस क्षेत्रमा लागिरहनुभएका अन्य स्रष्टाहरूलाई पनि आफ्नो आफ्नो क्षेत्र तथा विधाबाट राष्ट्रलाई योगदान गर्न प्रोत्साहन मिल्ने विश्वास व्यक्त गरे। राजनीति, इतिहास, साहित्य, संस्कृति र विज्ञानको क्षेत्रमा भएको सृजनाशीलताले देशको सर्वोपरि विकास समृद्धि र समुन्नत समाज निर्माणमा मद्दत पुग्ने बताए। 

प्रधानमन्त्री दाहालले पुष्पलालले नेपालको राजनीतिक आन्दोलन मात्र नभई सिङ्गो देशको आन्दोलनमा समेत विशिष्ट योगदान गर्नुभएको बताए।  पुष्पलाल राष्ट्रिय पुरस्कार—२०८० बाट कमलप्रसाद कोइराला, डा. बालचन्द्र मिश्र र गोपालप्रसाद थपलियालाई सम्मान गरिएको छ। 

प्रकाशित: २५ असार २०८० ०६:०५ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App