१ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

३ मन्त्री नियुक्त गर्दै मुख्यमन्त्री थापा, आजै सपथ हुने

कोशी प्रदेशको मन्त्री परिषद बिस्तार को तयारी गरिएको छ। कोशी प्रदेशका मुख्यमन्त्री उद्घब थापाले आज मन्त्री परिषद बिस्तार गर्न लागेका हुन् ।

आज ४ जना मन्त्री नियुक्त गर्ने तयारी भैराखेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ। नेकपा माओवादी केन्द्रबाट प्रधानमन्त्रीका ज्वाइँ जीवन आचार्य  र राजेन्द्र कार्की, कांग्रेसबाट रामकुमार खत्री मन्त्री बन्दैछन्। उता  नेकपा एसले मन्त्रीबारे टुंगाे लगाउन छलफल गरिरहेकाे छ। नेकपा एसबाट खिनुलङ्म्बा लिम्बु मन्त्री हुने चर्चामा रहेपनि टुंगो लाग्न भने बाँकी छ।

आचार्य आर्थिक मामिला मन्त्री बन्ने पक्का भएपनि अरुको मन्त्रालय  टुंगिन बाकी रहेको छ। मन्त्रालय बाडफाडको लागि अहिले छलफल जारी छ। 

प्रकाशित: २४ असार २०८० ०४:०६ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App