७ वैशाख २०८१ शुक्रबार
राजनीति

काठमाडौं महानगरमा एमालेका विद्यासुन्दर शाक्य विजयी

तस्बिर : केशव थोकर

काठमाडौं- काठमाडौंको महानगरको मेयरमा एमालेका विद्यासुन्दर शाक्य निर्वाचित भएका छन्। उनले ६४ हजार ९ सय १३ मत ल्याई विजय भएका हुन्। उनका निकतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका राजुराज जोशीले ४५ हजार २ सय ६९ मत ल्याए।

त्यस्तै महानगरको उपमेयरमा नेपाली कांग्रेसका हरिप्रभा खड्गी निर्वाचित भएकी छन्। उनले ५८ हजार ९ सय ५२ मत ल्याएर विजयी भएकी हुन्। उनका निकतम प्रतिद्वन्द्वी राजाराम श्रेष्ठले ३४ हजार ८ सय ४५ मत ल्याए।

यसअघि एमालेले पोखरा महानगर र कांग्रेसले ललितपुर महानगरमा विजयी भएको थियो। 

प्रकाशित: १४ जेष्ठ २०७४ ०३:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App