३१ वैशाख २०८१ सोमबार
image/svg+xml
राजनीति

मुख्यमन्त्री थापाले सपथ लिने, आजै ३ मन्त्री नियुक्त हुने

कोशी प्रदेशका मुख्यमन्त्री उद्वव थापाले आज सपथ ग्रहण गर्ने भएका छन् ।  

आज विहान सांढे ९ बजे मुख्यमन्त्री उद्वव थापाले सपथ ग्रहण गर्ने कार्यक्रम रहेको प्रदेश प्रमुखको कार्यालयले जनाएको छ । थापा बिहीबार कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका थिए । कोशी प्रदेशका तत्कालीन मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्रप्त नगरेपछि कोशी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको थियो । 

आजै ३ देखि ४ जना मन्त्री पनि नियुक्त हुने नेपाली कांग्रेसका प्रमुख सचेतक भुपेन्द्र राईले बताए । राईका अनुसार कांग्रेसबाट १ जना , नेकपा एकिकृत समाजवादीबाट १ जना र माओवादी केन्द्रबाट १ जना मन्त्री नियुक्त हुँदैछन् । कांग्रेसबाट प्रदिप सुनुवारलाई नियुक्त गर्ने तयारी भइरहेको र अन्य दलहरूबाट टुंगो लाग्ने क्रममा रहेको राईले जानकारी दिए ।  

प्रकाशित: २२ असार २०८० ०३:४८ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App