९ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

दोस्रो, तेस्रो मुलुकबाट आएको खाद्यान्नले बालबालिकामा मनोवैज्ञानिक समस्या बढ्योः सांसद श्रेष्ठ

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद विराजभक्त श्रेष्ठले रासयनिक मलका कारण प्रकृतिमा असर परिरहेको बताएका छन्।  

बिहीबार सिंहदरबारमा बसेको अर्थ समितिको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन्। उनले रासयनिक मलले गर्दा जल, जमीन र वायुलाई संक्रमण  गरिरहेकाले त्यसलाई कसरी नियन्त्रण गर्न सकिन्छ भन्नेबारेमा सरकारले सोच्न आवश्यक रहेको बताए।

रासयनिक मलको प्रयोगका कारण जनस्वास्थ्यमा परेको असर, जनस्वास्थ्यको संवेदनशीलतामा ध्यान दिनुपर्ने उनको भनाइ छ। उनले दोस्रो, तेस्रो मुलुकबाट आएको खाद्यान्नहरुले गर्दा बालबालिकाहरुमा मनोवैज्ञानिक, मनोविकासमा असर परेको अध्ययनले देखाएको पनि बताए।

उनले भने, ‘कृषकले मल नपाइरहेको कारण एउटा विचौलिया र अर्को वितरण प्रणाली नभएको हो। त्यसमा काम गर्नुपर्छ। रासयनिक मलले गर्दा जल, जमीन र वायुलाई संक्रमण गर्नेकुरालाई कसरी न्युनिकरण गर्ने भन्नेकुराहरु केही पनि छैन। अर्थ समिति दिगो विकास लक्ष्यको दस्तखत गरेको हो। दिगो विकास लक्ष्यको मापनहरु प्यारामिटरअनुसार भएको छ की छैन? भनेर हेर्ने पनि निकाय हो। जनस्वास्थ्यको संवेदनशीलता पनि हेर्नुपर्छ। दोस्रो, तेस्रो मुलुकबाट आएको खाद्यान्नहरुले गर्दा बच्चाहरुमा मनोवैज्ञानिक, मनोविकासमा असर परेको भन्ने देखाइरहेको छ, यसको लागि के छ? माटोको गुणस्तर खस्किँदै गएको छ, अनिकाल बढ्दैछ।’

सांसद श्रेष्ठले माटोको गुणस्तर खस्किँदै गएकाले नेपालमा खाद्यान्न संकट निम्तिरहेको बताए।   

प्रकाशित: २१ असार २०८० १०:४१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App