८ वैशाख २०८१ शनिबार
राजनीति

नवलपरासीमा चार गाउँपालिका र एक नगरपालिकामा कांग्रेस विजयी

नवलपरासी—स्थानीय तह को निर्वाचनमा नवलपरासीको ४ गाउँपालिका र एक नगरपालिकाको नतिजा घोषण भएको छ। सवै तहमा नेपाली काँग्रेसले बिजय हासिल गरेको छ।

देवचुली नगरपालिकामा मतगणना भर्खरै सकिएको छ। देवचुली नगरपालिकामा कांग्रेसका पूर्णकुमार श्रेष्ठ मेयरमा विजयी भएका छन्  । उनले ८५८९ मत ल्याएर विजयी भएका छन् भने नेकपा एमालेका हरि न्यौपानेले ८३९२ मत ल्याएका छन्  ।उपप्रमुखमा एमालेकी पार्वता तिवारीले ८७५१ मत ल्याएर  विजयी भएकी छिन् । कांग्रेसकि लक्ष्मि बास्कोटीले ८३९२ मत ल्याएकि छन् ।

बुलिङटार गाँउपालिकाको अध्यक्ष र उपाध्यक्षमा क्रमश शशिकिरण वस्ताकोटी र मैया वि.क. निर्वाचित भएका छन् ।

बुङ्दीकाली गाँउपालिकामा कांग्रेसका दुर्गाबहादुर राना र माया देवी श्रेष्ठ क्रमश अध्यक्ष र उपाध्यक्षमा निर्वाचित भएका छन् । त्यसैगरी विनयी त्रिबेणी गाउँपालिकाको अध्यक्षमा कांग्रेसकै डम्मरबहादुर जिसी र मिना राना विजयी भएका छन् । हुप्सेकोट गाउँपालिकाको अध्यक्षमा कांग्रेसकी लक्ष्मी पाण्डे  विजयी भएकी छिन भने उपाध्यक्षमा एमालेकी स्वतन्त्र पार्वती मल्ल विजयी भएकी छिन् । 

भर्खरै प्राप्त भएको मत परिणाम अनुसार कावासोती नगरपालिकामा नेपाली कांग्रेसका महेन्द्र पोखरेलले ६३३३ मत प्राप्त गरेका छन् । एमालेका चन्द्र पुनले ५८६४ मत ल्याएका छन् ।उममेयरमा नेपाली कांग्रेसकि खगिसरा गुरुङले ५८६४  मत प्राप्त गरेकि छन् भने एमालेको प्रेमशंकर मर्दनियाले ६५४४ प्राप्त गरेका छन् ।

त्यस्तै मध्यविन्दु नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका चन्द्र बहादुर रानाले ८१०८ मत प्राप्त गरेका छन् भने नेकपा एकालेका भिमलाल अधिकारीले ७४११ मत प्राप्त गरेका छन् । उममेयरमा नेपाली कांग्रेसकी ओमकुमारी महतोले ८२०५ मत प्राप्त गरेकि छन् भने एमालेकि जोगमाया महतोले७४१६ मत प्राप्त गरेकि छन् ।त्यस्तै गैडाकोट नगरपालिकाको मेयरमा नेपाली कांग्रेसका गजेन्द्र आलेले ५९९२ मत प्राप्त गरेका छन् भने नेकपा एमालेका छत्रराज पौडेलले ५९९१ मत प्राप्त गरेका छन् ।उपमेरमा बिष्णु कंडेल सापकोटाले ६३३७ प्राप्त गरेकि छन् भने एमालेकि राधा सापकोटाले ५४६९ मत प्राप्त गरेकि छन्

नवलपरासीको कावासोती र मध्यविन्दुनगरपालिकामा नेपाली काँग्रेसको गैडाकोट नगरपालिकामा  पनि कांग्रेसको अग्रता रहेको छ । ४ नं. प्रदेश भित्र पर्ने नवलपुर क्षेत्रका ८ स्थानीय तहमा निर्वाचन भएको थियो।

 

 

 

प्रकाशित: ३ जेष्ठ २०७४ १६:५७ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App