नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा सामाजिक न्याय, समानतासहितको आत्मनिर्भर अर्थतन्त्रको विकास गर्न समाजवादी व्यवस्था महत्त्वपूर्ण हुने बताएका छन्।
पार्टी निकट स्याङ्जा–काठमाडौँ सम्पर्क मञ्चको ऐतिहासिक १३औँ सम्मेलनमा अध्यक्ष नेपालले जनताको चाहना अनुसार शासन व्यवस्था सञ्चालन गरी देश विकास तथा समृद्धि कायम गर्न सकिने बताए।
राज्यको मूलधारमा आउन नसकेका नागरिकलाई समावेशी र समानुपातिक प्रतिनिधित्वका आधारमा समेटेर अगाडि बढाउन समाजवादको विकल्प नरहेको उनको भनाइ थियो।
प्रकाशित: १६ असार २०८० १६:२९ शनिबार