६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

अल्झिएर बसेका विधेयकका बारेमा संसदीय पत्रकारको कलम कम चल्यो: अध्यक्ष तिमिल्सिना

राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले संसदीय पत्रकारहरूले विधेयकहरूको बारेमा कलम चलाउनुपर्ने बताएका छन।

आज काठमाडौंमा संसदीय मामिला पत्रकार समाजको अधिवेशनलाई सम्बोधन गर्दै उनले यस्तो कुरा बताएका हुन। उनले संसदीय मामिला हेर्ने पत्रकारहरूले एउटै विधेयकहरू संसदबाट बारम्बार फर्किने, समितिमा अल्झिएर बस्ने र वर्षौँ वर्षसम्म नआउने लगायतका विषयहरूमा कलम चलाउन नसकेको गुनासो गरे। 

उनले विधेयकहरू बारम्बार शून्यमा झर्दा आम नागरिकहरुलाई त्यसबाट परेको असरका बारेमा कलम चलाउन आग्रह पनि गरे।अध्यक्ष तिमिल्सिनाले पत्रकारहरूले विधेयक ल्याउन भई रहको ढिलासुस्तीमा दबाब दिन सके विधेयकहरू समयमा नै आउने धारणा राखे।  

प्रकाशित: १६ असार २०८० ०७:२२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App