२४ आश्विन २०८१ बिहीबार
image/svg+xml
राजनीति

भक्तपुर नगरपालिकामा नेमकिपाका प्रजापतिको अग्रता

भक्तपुर- भक्तपुर नगरपालिकामा नेमकिपाका मेयर उम्मेदवार सुनील प्रजापतिको अग्रता कायमै छ। उनले ७ सय ५४ मतका साथ अग्रता कामय गरेका छन्। यस्तै उपमेयरमा नेमकिपाकै रजनी जोशी ७ सय ७२ मतका साथ अग्रतामा छन्।

नेपाली कांग्रेसका राम प्रसाद काडला २ सय ५४ मतका साथ दोस्रो स्थानमा छन् भने एमालेका विष्णु सुवाल १७७ मतमा सिमित छन्।

मध्यपुर ठिमि नगरपालिकामा कांग्रेका अष्ट कवे २ सय ९५ मतका साथ अगाडि छन् भने एमालेका मदन सुन्दर श्रेष्ठ २ सय ११ मत प्राप्त गरेका छन्। सूर्य विनायक नगरपालिकामा ३ सय २१ मतका साथ वासुदेव थापाले अग्रता लिएका छन्। कांग्रेसका उम्मेदवार २५४ मतका साथ दोस्रो छन्।

चार नगरपालिका रहेको भक्तपुरमा चाँगुनारायण नगरपालिकाको मत गणना हुन सकेको छैन। नगरकोटमा नेमकिपाको मतदान चिन्ह नभएको मतपत्र पुगेपछि नगरकोटमा पुन मतदान हुने भएको छ।

प्रकाशित: १ जेष्ठ २०७४ १५:०४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App