९ मंसिर २०८१ आइतबार
image/svg+xml
राजनीति

सवारी तथा यातायात व्यवस्था नवौँ संशोधन नियमावली,२०८० स्वीकृत

फाईल तस्बिर <div><br></div>

सरकारले मन्त्रीपरिषद्को विधेयक समितिबाट पेस भएको सवारी तथा यातायात व्यवस्था नवौँ संशोधन नियमावली, २०८० स्वीकृत गरेको छ।

असार १२ गते बसेको मन्त्रीपरिषद् बैठकका निर्णय आज (शुक्रवार) सार्वजनिक गर्दै सरकारकी प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले यस्तो कुरा बताएकी हुन। त्यस्तै सरकारले संयुक्त राष्ट्रसंघको इकोनोमिक एण्ड सोसल काउन्सिलको आयोजनामा न्युयोर्कमा हुने हाइ लेभलको पोल्टिकल फोरम एण्ड सस्टेनेबल डेभलपमेण्ट विषय कार्यक्रममा सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठको नेतृत्व गठन गरेको छ। 

त्यस्तै २०८० असार २४ देखि २५ गतेसम्म चीनको बेइजिङमा आयोजना हुने फोरम एण्ड ग्लोबल एक्सन से डेभलपमेन्ट सहभागी हुन राष्ट्रिय योजना आयोगका उपाध्यक्ष डा.मीनबहादुर श्रेष्ठलाई स्वीकृत दिने, रास्कोट नगरपालिका वडा नम्बर ६ कालिकोट,नरहरीनाथ गाउँपालिका वडा नम्बर २ कालिकोट,राप्ती सुन्दरी गाउँपालिका वडा नम्बर ४ बाँके,रम्बा गाउँपालिका वडा नम्बर ३ पाल्पा,सितगंगा नगरपालिका वडा नम्बर १३ अर्घाखाँची,जगरनाथपुर पाउँपालिका वडा नम्बर ५ पर्सा र महागढीमाई नगरपालिका वडा नम्बर ५ बारा गरी सात स्थानका जग्गा वा क्षेत्रलाई औद्योगिक ग्राम घोषणा गर्ने, २०८० साल साउन ८ देखि १० गतेसम्म संयुक्त अबर इमिरेष्ट अहुदायीमा हुने अन्तर्राष्ट्रिय सौर्य संगठन आइएसए क्षेत्री समितिको पाँचौं बैठकमा ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रीलाई सहभागि हुन स्वीकृत दिने निर्णय गरेको छ।

 त्यस्तै सरकारले पन्देही जिल्ला सालिक खुदाबगार गा.वि.सको ०१६१० विगा सरकारी जग्गा सुधाबागर आर्दश कलेजलाई भाडामा दिन स्वीकृत दिने, सिराहा जिल्ला साबिकको लभकुली गा.वि.सको १ विगा १० कट्ठा जग्गा कर्जना नगरपालिकालाई १५ शैय्याको अस्पताल निर्माण गरी सञ्चालन गर्न स्वीकृत दिने,ललितपुर जिल्ला सालिक र्झराराशी गा.वि.सको ९ हजार ५०० रोपनी सरकारी जग्गामध्ये ४ हजार १३३ रोपनी सार्वजनिक प्रकृतिको जग्गा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र ललितपुरलाई अस्पताल भवन निर्माण गर्न स्वीकृत दिने निर्णय गरेको छ। मन्त्री शर्माले सरकारले सार्वजनिक सडक सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको अवधारणा पत्र अनुसार कानुन तर्जुमा गर्न स्वीकृति दिने, अजरबैजानको बाकोमा मिति असार २० र २१ मा आयोजना हुने असंग्लन राष्ट्रहरूको मन्त्री स्तरीय बैंठक र २०८० असार १८ र १९मा आयोजना हुने उच्च अधिकारीको बैठकमा नेपालको नेतृत्व गर्न परराष्ट्रमन्त्रीको नेतृत्वमा प्रतिनिधि मण्डल गठन गर्ने, जग्गा प्राप्ति ऐन, २०३४ को दफा ३ क बमोजिम गुर्वाकोट नगरपालिका सुर्खेत, मंगला गाउँपालिका म्याग्दी, चैनपुर नगरपालिका संखुवासभा, गुजरा नगरपालिका रौतहट, मुसीकोट नगरपालिका गुल्मी र मालिका गाउँपालिका म्याग्दीको परियोजनाको लागि जग्गा प्राप्त गर्न स्वीकृति दिने, २०८० साल असार २० गतेदेखि २२ गतेसम्म गणतन्त्र कोरियाको बुसाममा आयोजना हुने २०२३ ग्लोबल मिटिङमा सहभागी हुन संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री नेतृत्वको प्रतिनिधि मण्डललाई स्वीकृति दिने निर्णय भएको पनि बताइन। 

मन्त्री शर्माले सरकारले नेपाल दूरसञ्चार प्राधिकरणको बजार व्यवस्थापन सदस्य पदमा नवराज अधिकारीलाई नियुक्त गर्ने निर्णय भएको पनि जानकारी दिइन।

प्रकाशित: १५ असार २०८० १२:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App