२ असार २०८१ आइतबार
image/svg+xml
राजनीति

अर्थमन्त्री महतको दावीः मुलुकको आर्थिक वृद्धिदर र त्यसमा आम जनताको पहुच पुग्नेगरी बजेट ल्याइएको छ

अर्थमन्त्री डा. प्रकाशशरण महतले आगामी आर्थिक वर्षको बजेट मुलुकको आर्थिक वृद्धि गर्ने र त्यसमा आम नागरिकको पहुँच पुर्‍याउने गरी ल्याइएको दावी गरेका छन्।

शुक्रबार राष्ट्रियसभाको दोस्रो बैठकमा प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त विनियोजन विधेयक २०८० माथि विचार गरियोस् भन्ने प्रस्तावमाथि सांसदहरुले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताएका हुन्।

अर्थमन्त्री महतले बजेट संघीयता विरोध पनि नभएको जिकीर गरे। धेरै आम्दानी गर्नेहरुलाई करको दायरामा ल्याउने काम बजेटमा गरिएको उल्लेख गर्दै उनले त्यसमा पनि असन्तुष्टि व्यक्त गर्नुको कुनै अर्थ नरहेको पटकपटक दोहोर्‍याए।

शब्दजालको कुरा भन्दा पनि आर्थिक वृद्धिको कुरालाई ध्यान दिएर सरकारले आगामी आर्थिक वर्षको बजेट ल्याएको अर्थमन्त्री महतको भनाइ थियो।

उनले भने,  ‘संघीयता अनुसार हामी नगएको पनि होइन । समाजवाद उन्मुख कुरा धेरै पटक आइसक्यो। खाली शब्दले मात्रै केही हुँदैन हेर्नुस्। मूल कुरो अव हामी शब्द जे पनि राख्न सक्छौं। तर त्यसको मर्मको कुरा गर्ने हो भने आर्थिक वृद्धि गर्ने र आर्थिक वृद्धिको पहुँच आम नागरिकलाई पु¥याउने नै यो बजेटको लक्ष्य हो। हामीले करको यद्यपि यो विनियोजन बजेटको विषयमा छलफल गरिरहेका छौं। यसमा मैले धेरै प्रवेश गर्न आवश्यक छैन। करको जुन हामीले व्यवस्था गरेका छौं। यसले चाँही जो धेरै आम्दानी गर्छ, उनीहरु करको दायरामा आईराख्या छैनन्। उनीहरुलाई करको दायरामा ल्याउने काम गरिएको छ। हामी कुरा गर्छौ प्रोग्रेसिप हुनुपर्‍यो। तर भन्दा उनीहरुलाई बेखुशी बनाउने बजेट ल्यायो। यसलाई ठिक ढंगले बुझिदिन म आग्रह गर्न चाहन्छु।’

अर्थमन्त्री महतले आगामी आर्थिक वर्षमा राजस्व बढ्ने दावी समेत गरे। राजस्व बढ्छ भन्ने अपेक्षाका साथ योजनाहरु बजेटमा उल्लेख गरिएको पनि उनले बताए। 

प्रकाशित: १५ असार २०८० १०:५९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App