१९ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

ललिता निवास प्रकरण: पक्राउ परेका तीन जनाको निवेदनमा सर्वोच्चको कारण देखाऊ आदेश

ललितानिवास प्रकरणमा पक्राउ परेका तीन आरोपितको निवेदनमा सर्वोच्च अदालतले कारण देखाऊ आदेश जारी  गरेको छ।

शुक्रबार न्यायाधिश डा.कुमार चुडालको इजलासले सो प्रकरणमा पक्राउ परेका मिनबहादुर गुरूङ, सुधिर शाह र धर्मप्रसाद गौतमले आफूहरूलाई हदम्याद कटिसकेको मुद्दामा पक्राउ गर्नु अवैध रहेको भन्दै हिरासतबाट मुक्त गर्न मागसहित दर्ता गरेको मुद्दामा गृह मन्त्रालयलाई कारण देखाउ आदेश जारी गरेको हो।

ललिता निवास प्रकरणमा पक्राउ परेका तीन जनाले बुधवार सर्वोच्चमा बन्दी प्रत्यक्षीकरणको रिट दर्ता गरेका थिए।

प्रहरीले ललितानिवासको सरकारी जग्गा व्यक्तिको नाममा नामसारी गर्न सरकारी कागजात किर्तेको अभियोगमा छानबिन गर्न उनीहरूलाई पक्राउ गरेको थियो। 

प्रकाशित: १५ असार २०८० ०९:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App