९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

स्थानीय तह निर्वाचन उत्साहजनक, ७१ प्रतिशत मत खस्यो

काठमाडौं- निर्वाचन आयोगले आइतबार भएको स्थानीय तह निर्वाचनमा ७१ प्रतिशत भन्दा बढी मत खसेको जनाएको छ।

मतदान सकिए पछि आयोगले पत्रकार सम्मेलन गर्दै निर्वाचनमा मतदाताको उत्साहजनक सहभागिता रहेको बताएको छ।

दलहरुसँगको छलफल पछि आजबाटै वा सोमबारबाट मतगणना सु्रु हुने आयोगले जनाएको छ।

आयोगका अनुसार तीन स्थानमा निर्वाचन स्थगित भएको छ। दोलखाको मेलुङ, कालिकोटको कालिकाचौकी र काभ्रेको नमोबुद्धमा निर्वाचन स्थगित भएको हो।

प्रकाशित: ३१ वैशाख २०७४ १३:४४ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App