१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

निजामती सेवा ऐन यही सदनमा पेस हुन्छः मन्त्री मोदी

संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री अमनलाल मोदीले संघीय निजामती सेवा ऐनको मस्यौदा यही अधिवेशनमा पेस गर्ने बताएका छन्।  

सोमबार प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको विनियोजन शिर्षकमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा उनले सो कुरा बताए। यसअघि प्रधानमन्त्री पुष्मकल दाहालले प्रधानमन्त्री भएलगत्तै सो ऐन ल्याउने बताए पनि अझै आएको छैन।  

‘ऐनको मस्यौदामा देखिएको समस्या पनि यही असार १५, १६ र १७ गते बस्ने प्रधानमन्त्री सहितको उच्चस्तरीय छलफलबाट टुंगो लाग्ने योजना छ। विभिन्न पूर्वप्रधानमन्त्रीहरूसँग, पूर्वमन्त्रीहरूसँग, पूर्वप्रशासक, संवैधानिक निकायहरूसँग र विभिन्न ट्रेड युनियनहरूसँग छलफल गरेर त्यसको मस्यौदा ड्राफ्ट गरेर कानुन र अर्थ मन्त्रालयमा पठाएका छौं,’ उनले भने। अब चाँडै नै यही सदनमा प्रस्तुत गर्ने तयारीमा रहेको उनले बताए।  

यसैगरी, सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले आम सञ्चार सम्बन्धी विधेयक छिटोभन्दा छिटो संसद्मा पेस गर्ने बताएकी छन्। सो विधेयकलाई संसदमा ल्याउन सरकारले विज्ञहरूसँग सुझाव लिएको र त्यसलाई संसद्मा पेस गर्ने प्रक्रियाका लागि मन्त्रालयले काम गरिरहेको उनले बताइन्।  

प्रकाशित: १२ असार २०८० ०१:५१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App