९ आश्विन २०८१ बुधबार
image/svg+xml
राजनीति

जलहरीबारे संसद्लाई सत्यतथ्य जानकारी गराउन माग

फाइल तस्बिर

पशुपतिनाथ मन्दिरमा चढाइएको सुनको जलहरीको विषयमा सत्यतथ्य जानकारी गराउन सांसद्ले माग गरेका छन्। 

नेकपा माओवादी केन्द्रका सांसद देवेन्द्र पौडेलले सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै पशुपतिनाथमा चढाइएको जलहारी जोखिएकोबारे संसद्मा जानकारी गराउन माग गरेका हुन्।  

‘पशुपतिको जलहरीको विषयमा निकै चर्चा भयो। त्यहाँ भएको के हो? आज पशुपति विकास कोष, सुरक्षा निकाय, सुनचाँदी व्यवसायी संघ, गुणस्तर तथा नापतौल विभाग, पुरातत्व विभाग, खानी तथा भूगर्भविभाग र जनप्रतिनिधिहरूले त्यहाँको सुन खोजेर जोख्दै हुनुहुन्छ भन्ने हामीले सुनेका छौं। कति सुन हराएको हो ? कति सुन बाँकी छ? के स्थिति हो? यो कुनै ट्रकमा ल्याएको सामग्री जोख्ने कुरा होइन। यो कुरा सत्यतथ्य सदनलाई जानकारी गराउन विशेष अनुरोध गर्न चाहन्छु,’ उनले भने। 

प्रकाशित: ११ असार २०८० ०७:१८ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App