२४ असार २०८१ सोमबार
image/svg+xml
राजनीति

हामीले उठाएका मुद्दाको सम्बोधन नभए टुलुटुलु हेरेर बस्दैनौँः सन्तोष परियार

राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सन्तोष परियारले संसदमा आफ्नो पार्टीले उठाएका मुद्दाको सम्बोधन नभए टुलुटुलु हेरेर बस्न नसक्ने बताएका छन्।

आइतबार संसद भवनबाहिर सञ्चारकर्मीहरुसँग कुरा गर्दै पार्टीका प्रमुख सचेतकसमेत रहनुभएका परियारले यस्तो बताएका हुन्।

उनले बजेट कर्मकाण्डी आएको बताए। बजेटका सैद्धान्तिक छलफलदेखि नीति तथा कार्यक्रम र बजेट नै नयाँ निर्माण गर्नुपर्ने आवश्यकता उनले औंल्याए। उनले बजेटकै कारण अहिलेको सरकार ढल्छ भन्न नसकिने बताए। संसदमा पहिलो र दोस्रो ठूलो दल काँग्रेस र एमाले मिलेर सरकार बनाउने कुरामा आफूलाई विश्वास नलागेको उनको भनाइ छ।

उनले भने, ‘बजेट कर्मकाण्डी आएको छ। अर्को पटक यस्तो आउने छैन। हामीले त्यसको तयारी गरिरहेका छौँ। यसका सैद्धान्तिक छलफलदेखि यसका नीति तथा कार्यक्रमदेखि लिएर सारा कुरालाई रि फ्रेम गर्नुपर्छ। त्यो गर्न राष्ट्रिय स्वतन्त्र पार्टी तयार छ। हामी जुन लोकतान्त्रिक व्यवस्थामा छौँ, त्यो व्यवस्थामा सरकार कुनैपनि बेला परिवर्तन हुनसक्छ। बजेटकै कारण अहिलेको सरकार यताउति हुनेकुरा हामीलाई थाहा छैन। रास्वपा स्थायी सरकारको पक्षमा छ। हामी देश र जनताको मुद्दा उठाइरहने तर सरकारले वास्ता नगर्ने हो भने हामी टुलुटुलु हेरेर बस्दैनौँ। काँग्रेस र एमाले संसदको पहिलो र दोस्रो ठूलो दल मिलेर सरकार बनाउँछन् भन्ने लाग्दैन।’

प्रकाशित: १० असार २०८० १३:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App