१३ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

जनताको सेवामा समर्पित हुन नेता नेपालको आह्वान

फाइल तस्बिर

पूर्व प्रधानमन्त्री तथा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले जनताको सेवामा समर्पित हुन जनप्रतिनिधि तथा कार्यकर्ताहरुलाई आह्वान गरेका छन्।

आइतबार गृहनगर रौतहटको गौर नगरपालिकाको बारौँ नगर अधिवेशनलाई सम्बोधन गर्दै नेता नेपालले जनप्रतिनिधिहरुलाई रचनात्मक काम गर्नका लागि पार्टीका नेता कार्यकर्तालाई सहयोग गर्न आह्वान गरेका हुन्।

गत वर्षदेखि नै गौर नगरपालिकाले निकै राम्रोसँग कार्य सम्पादन गरिरहेकोमा प्रशंसा गर्दै नेता नेपालले राम्रो काम गर्ने नगरपालिका तथा गाउँपालिकालाई थप विकासको रकम उपलब्ध गराउन नेपाल सरकारसंग माग गर्ने बताए। मधेश प्रदेशमा सर्वोत्कृष्ट कार्य सम्पादन गर्ने गौर नगरपालिकाका जनप्रतिनिधि तथा कर्मचारीलाई नेता नेपालले बधाई दिँदै अझ राम्रोसंग काम गर्ने चुनौती थपिएको पनि बताए।

नेता नेपालले गौर नगरपालिकाका गरिब घर परिवारलाई पहिचान गरी परिचयपत्र उपलब्ध गराउन र रोजगारीको अवसर प्रदान गर्न नगर प्रमुख शम्भु साह कानुसंग आग्रह गरेका छन्।

यस्तै नेता नेपालले जिल्लाको ठूलो समस्याको रुपमा रहेको मिटर ब्याज पीडितको पक्षमा छिटो छरितोसँग काम गर्न स्थानीय प्रशासनलाई निर्देशन दिएका छन्। गरिबलाई दुःख दिएर पैसा कमाउने र अर्काको सम्पत्ति लिलाम गर्ने, बेच्ने, हडप्ने जस्ता कार्य रोक्न पूर्व प्रधानमन्त्री नेपालले सम्बन्धित पक्षको ध्यानाकर्षण गराएका छन्।

प्रकाशित: १० असार २०८० १२:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App