६ आश्विन २०८१ आइतबार
image/svg+xml
राजनीति

अर्घाखाँची कांग्रेसको ६१ वटै वडामा ‘वडा सम्मेलन’

फाइल तस्वीर

नेपाली कांग्रेस अर्घाखाँचीको आयोजनामा जिल्लाका ६१ वटा वडामा एकैदिन एकैसाथ ‘वडा सम्मेलन’ सम्पन्न भएको छ।

कांग्रेसको रूपान्तरण अभियानलाई बल पुर्‍याउने उद्देश्यले जिल्लाभर एकैसाथ वडा सम्मेलन कार्यक्रमको आयोजना गरिएको हो। सम्मेलनमा जिल्ला तहका नेता, जिल्ला कार्यसमिति, महाधिवेशन प्रतिनिधी, क्षेत्र र नगरका प्रतिनिधीहरूको उपस्थितीमा कार्यक्रम सम्पन्न भएको जिल्ला सभापति केशव श्रेष्ठले जानकारी दिए।

नेपाली कांग्रेस अर्घाखाँचीको आयोजनामा जिल्लाका ६१ वटा वडामा एकैदिन एकैसाथ ‘वडा सम्मेलन’ सम्पन्न भएको छ।

अब जनताले परिवर्तन चाहेकाले सोही बमोजिम कांग्रेसको संगठन पनि रूपान्तरणको मार्गमा लैजान यो अभियान सञ्चालन गरिएको सभापति श्रेष्ठले बताए। ‘समय र जनताको मागअनुसारको कांग्रेस बनाउनु आजको आवश्यक्ता हो,’ उनले भने, ‘पुरानै शैली र पुरानो सोच भएका नेताबाट पार्टी चल्दैन।’

अभियानले जनताका समस्या समधानको उपाय तथा संगठनलाई चलायमान गराउनको लागि महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे। अभियान सफल बनाउन सबैको सहयोग भइरहेको र आगामी दिनमा पनि थप सहयोगको उपेक्षा रहेको उनले बताए।

सन्धिखर्क नगरपालिकाका १२ ओटा वडा, भुमिकास्थान नगरपालिकाका १० ओटा वडा, शितगंगा नगरपालिकाका १४ ओटा वडा, पाणिनी गाउँपालिकाका ८ वटा वडा, छत्रदेव गाउँपालिकाका ८ ओटा वडा र मालारानी गाउँपालिकाका ९ ओटा वडा गरी अर्घाखाँचीका ६१ वडामा एकैसाथ कार्यक्रम गरिएको हो।

अभियानले जनताका समस्या समधानको उपाय तथा संगठनलाई चलायमान गराउनको लागि महत्वपूर्ण भूमिका खेल्ने उनले विश्वास व्यक्त गरे।

कांग्रेसलाई जनतासंग जोड्न विभिन्न कार्यक्रमहरू गर्दै आएको कांग्रेसले यसपालि रूपान्तरणको कार्यक्रम लिएर गाउँ पसेको हो। नयाँ पार्टीहरूको उदय भएसंगै संगठन जोगाउन सकस भएपछि कांग्रेसले आफूलाई परिमार्जित गर्ने नारा सहित जनता माझ जान लागेको हो।

प्रतिनिधीसभा सदस्य टोपबहादुर रायमाझीको सांसद पद निलम्बनमा परेपछी दलहरू उपनिर्वाचनको कसरतमा जुटेका छन्। 

प्रकाशित: १० असार २०८० ०१:३९ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App