खिलक बुढाथोकी/हिमाल लम्साल
काठमाडौं— सुशीलाकुमारी पौडेल माला, खादा पहिरिएर मंगलबार राष्ट्रिय सभागृहमा यताउता गरिरहेकी थिइन् । वैशाख ३१ गते हुने स्थानीय चुनावको लागि उम्मेदवारी मनोनयन दर्ता गर्न पुगेकी उनी कहिले आफ्ना समूहका साथीसँग कुरा गर्थिन्,कहिले पत्रकारसँग आफ्नो योजना सुनाउँथिन् ।
काठमाडौं महानगरपालिकाको उपमेयर बन्ने सपना साँचेकी पौडेल उम्मेदवारी मनोनयन दर्तापछि खुसी त देखिएकीथिइन् तर व्यक्तिगत रुपमाभित्रैदेखि भने खुसीहुन सकेकीथिइनन् । कारण, मेयरको उम्मेदवार बन्नपाइनन् उनी । ‘मेयर बन्नको लागिम सक्षम छु,’ पौडेलले भनिन्, ‘तरउपमेयरको उम्मेदवारी पाउँदापनिखुसी नै छु । पार्टीले दिएको जिम्मेवारी हो यो ।’ उनी नेकपामाओवादी केन्द्रबाट उपमेयरमा उठेकीहुन् । ‘मेयरमामभन्दासिनियर दाइ उठ्नुभएको छ,’ उनले भनिन्, ‘त्यसैले दाइलाई छोडिदिएँ मेयरमा, नत्र त मेयरमै उठ्थेंम ।’ उनको पार्टीबाट मेयरमा सर्वोत्तम डंगोलले मनोनयनदर्ता गराएका छन् ।
‘उपमेयरको उम्मेदवार हुनपाउँदाखुसी छु,’ उनले नागरिकसँगभनिन् । किन मेयरमा नउठेर उपमा उठ्नुभएको भन्ने नागरिकको प्रश्नमाभने खड्गीले पार्टीको जिम्मेवारीलाई स्वीकार गरेको बताइन्। ‘मेयर चलाउन सक्ने क्षमतामसँग छ,’ निर्धक्कभएर खड्गीले सुनाइन्, ‘क्षमता छ भन्दैमा पार्टीभन्दाबाहिर गएर उठ्ने कुरा आएन। पार्टीबाट उठ्दा पार्टीको जिम्मेवारी मान्नै पर्यो।’
पौडेलजस्तै हरिप्रभा खड्गीको अनुहारमापनिउत्तिकै चमकथियो । खड्गीले पनि काठमाडौंमहानगरपालिकाको उपमेयरमाउम्मेदवारी मनोनयनदर्ता गराइन् । ‘उपमेयरको उम्मेदवार हुनपाउँदाखुसी छु,’ उनले नागरिकसँगभनिन् । किन मेयरमा नउठेर उपमा उठ्नुभएको भन्ने नागरिकको प्रश्नमाभने खड्गीले पार्टीको जिम्मेवारीलाई स्वीकार गरेको बताइन्। ‘मेयर चलाउन सक्ने क्षमतामसँग छ,’ निर्धक्कभएर खड्गीले सुनाइन्, ‘क्षमता छ भन्दैमा पार्टीभन्दाबाहिर गएर उठ्ने कुरा आएन। पार्टीबाट उठ्दा पार्टीको जिम्मेवारी मान्नै प¥यो ।’ उनी नेपालीकांग्रेसबाट उपमेयरमा उठेकीहुन् । कांगे्रसले मेयरमा राजुरामजोशीलाई उठाएको छ।
‘उप’भनेको चुपहो भन्ने भनाई सबिनाआर्याललाई राम्रोसँग थाहा छ । दुई चार वर्षअघि महिलालाई दोस्रो दर्जाको रुपमा हेरिने गरिन्थ्यो । दोस्रो दर्जाको जस्तै व्यवहार अर्यालले पनि सहिन् । यो सबै जानकार भएर पनियतिबेलाउनी काठमाडौं महानगरपालिकाको उपमेयर पदकालागिचुनावी मैदानमाउत्रिएकी छिन् । ‘पहिलापनिमहिलालाई दोस्रो दर्जाकै रुपमा हेरिन्थ्यो,’ उनले भनिन्, ‘अहिले त्यो व्यवहार घटेको छ तर पूर्ण रुपमाविश्वस्तहुने वातावरण भने बनिसकेको छैन ।’ उनकाअनुसार क्षमताभएपनिमहिलापहिलो दर्जामै उभिएर कामगर्न सक्छन्भन्ने विश्वासको वातावरण बनिसकेको छैन।
जसले गर्दा चुनावी मैदानमापनिअधिकांशदलले महिलालाई दोस्रो दर्जाको पदमाउतारेका छन् । यस पक्षमा पार्टीगतहिसाबमा त जिम्मेवारी हो जस्तो लाग्छ उनलाई । तर, व्यक्तिभएर हेर्दा भने महिलालाई उपमामात्रै सीमित राखेकोमा पटक्कै चित्तबुझेको छैन् । नयाँशक्ति नेपाल र संघीय फोरमको गठबन्धनबाट उममेयरमा उठेकीउनलाईमहिलाभएकै कारण उपमा राखियोकिभनेर कताकताखल्लो महसुस भएको छ । ठूला दलभनिएकाकुनै पार्टीले पनि मेयरमामहिला नउठाएको देख्दाचिन्तालागेको उनले सुनाइन् । उनको गठबन्धनबाट मेयरको उम्मेदवार पवित्रमानबज्राचार्य छन् ।
यीतीनमहिलाउदाहरणहुन् । अधिकांश पार्टीले महिलालाई उपमै उठाएका छन् । वडाध्यक्षमा पनिमहिलाउम्मेदवारको संख्याउल्लेख्य देखिन्न् । अझ, ठूला भनिएकै पार्टीले समेत मेयर त के उपमेयरमा समेत महिलालाई ठाउँ दिएको देखिन्न । नेकपाएमाले र राप्रपाको संयुक्त गठबन्धनले काठमाडौंको मेयर र उपमेयर दुवैमा पुरुषलाई उठाएका छन् । मेयरमाएमालेबाट विद्यासुन्दर शाक्य र उपमेयरमा राप्रपाबाट राजरामशाक्यउम्मेदवार छन् ।
काठमाडौंमहानगरपालिकाले मेयरको एक उम्मेदवार भने महिलापाएको छ । विवेकशील नेपाली दलबाट रञ्जु दर्शना (न्यौपाने) मेयर बन्नमैदानमाउत्रिएकी छिन् ।उनी२१ वर्षकै उमेरमा काठमाडौं महाानगरपालिकाहाँक्ने आत्माविश्वासको साथ अघि बढेकीछन् ।
त्यसैगरी साझा पार्टी र राष्ट्रिय जनमोर्चा पार्टीले पनि काठमाडौं महानगरपालिकाको उपमेयरमाक्रमशःनिरुपमायादव र ऋतु सापकोटालाई उठाएका छन् । मेयरमा साझा पार्टीबाट किशोर थापा र जनमोर्चाबाट निर्मल कुमारलाई उठाइएको छ ।
काठमाडौंजिल्लाका १० वटा नगरपालिकामध्ये ठूला दलले अधिकांशमा पुरुषलाई नै मेयरको उम्मेदवारबनाएका छन् । एमालेले भने दक्षिणकाली नगरपालिकामाशशीशर्मा अर्याल र शंखरपुरमा सुवर्णश्रेष्ठलाई मेयरमा उठाएको छ । त्यसैगरी टोखामामाओवादी केन्द्रले कल्पनाशर्मालाई मेयरमा उम्मेदवार बनाएको छ ।
प्रकाशित: २० वैशाख २०७४ ०३:१५ बुधबार