१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

निर्वाचनको सम्पूर्ण तयारी पुरा

मुगु- बैशाख ३१ गते हुने स्थानीय तहको निर्वाचनका लागि जिल्ला निर्वाचन कार्यालयले सम्पूर्ण तयारी पुरा गरेको जनाएको छ।

निर्वाचनका लागि आवश्यक पर्ने सबै निर्वाचन सामाग्री जिल्लामा पुगि सकेको , गाउँ गाउँमा मतदाता शिक्षा दिने काम पनि सकिसकेको कार्यालयको भनाई छ। निर्वाचनका लागि मतदान केन्द्रमा खटिने मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुका लागि दिईने दुई दिने तालीम पनि आईतवार सकिएको छ।

यो पटक छुटेका ४३ जना मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई आउँदो २३ र २४ गते तालीम दिने तथा तालीम पश्चात २५ गते सबै मतदान केन्द्रका लागि निर्वाचन सामाग्री बुझाउने जिल्ला निर्वाचन कार्यालयका निमित्त जिल्ला निर्वाचन अधिकारी राजीमान बुढाले जानकारी दिए।

निर्वाचन सामाग्री बुझाई सके पछि वैशाख २६ गते देखि सम्बन्धित मतदान केन्द्र तर्फ मतदान अधिकृत र सहायक मतदान अधिकृतलाई खटाउने तयारी कार्यालयले गरिरहेको छ। जिल्लाका एक नगरपालिका , तीन गाउँपालिका र ४५ वडाका लागि ६० वटा मतदान केन्द्र निर्धारण गरिएको छ। ६० वटा मतदान केन्द्रका लागि ६० जना मतदान अधिकृत, ६० जना सहायक मतदान अधिकृत गरि १ सय २० जना कर्मचारी खटिने छन भने तिन जना मतदान अधिकृत र तिन जना सहायक मतदान अधिकृत गरि ६ जनालाई कार्यालयमा नै जगेडा राखिने भएको छ।

प्रकाशित: १७ वैशाख २०७४ ०९:२५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App