१५ जेष्ठ २०८१ मंगलबार
image/svg+xml
राजनीति

नागरिकताको विषयलाई सत्तापक्ष आफैंले राजनीतिकरण गरिरहेको छः राजेन्द्र लिङदेन

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले नागरिकताको विषयमा सत्तापक्ष आफैंले राजनीतिकरण गरिरहेको आरोप लगाएका छन्।

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले नागरिकताको समस्या समाधान गर्ने भए तत्काल नागरिकता विधेयक संसदमा ल्याउन पनि सरकारलाई दवाव दिए। त्यसको कन्टेन्टमा छलफल गरेर फाष्ट ट्रयाकबाट सो विधेयक पारित गर्न आफूहरुको कुनै आपत्ति नरहेको अध्यक्ष लिङदेनको भनाइ थियो।

उनले सत्तापक्षले नेपाली नागरिकलाई नागरिकता नदिने काम प्रतिपक्ष दलहरुबाट भएझैं गरेर गलत प्रचार गरिरहेको भन्दै आपत्ति जनाए। अध्यक्ष लिङदेनले भारतलाई खुशी बनाउन र नागरिकता नपाएका नागरिकहरुलाई पनि खुशी बनाउने सरकारले नागरिकता विधेयक राष्ट्रपतिबाट प्रमाणिकरण गराएपनि पीडितलाई नागरिकता दिने नियत नभएको नदेखिएको पटकपटक दोहो¥याए।

उनले भने, ‘सभामुख महोदय, म सो जुवारी, सवालजवाफ अथवा अरुको कुरा काटने कुरामा त्यति चासो राख्दिन। तर कहिलेकहिले यस्तो चिजहरु आईलाग्छन। आज पनि मैलेअघि लामो समयदेखि यहाँ सुनिराखेको छु। एउटा भाष्य निर्माण भईराखेको छ कि यो नागरिकता विधेयकको प्रक्रियामा प्रतिपक्षहरुले जुन विरोध ग¥यौं। र, हामीले त्यसमा आफ्नो फरक मत राखिराखेका छौ। त्यसलाई अहिले सत्तापक्षले नागरिकता नपाएका नेपाली नागरिकहरु, जो नागरिकताविहिन नेपालीहरु छन। उनीहरुलाई भोट बैंकको रुपमा परिणत गर्ने अवसरको रुपमा उपयोग गर्न खोजेको देखियो। हामीले कुनै पनि नेपाली नागरिक जसका बाबुआमा नेपाली नागरिक छन। तर अहिले उमेर पुगेर पनि नेपाली नागरिकताबाट बञ्चित छन। उनीहरुले नागरिकता पाउनु हुँदैन भनेर भनेका छैनौ हामीले। हामीले यो नागरिकता विधेयक आउनु हुँदैन भनेर भनेका छैनौं। हामीले प्रक्रियाका कुरा गरेका छौ। र, त्यसमाथि अझ कन्टेन्टमा पनि केही छलफल गर्नुपर्ने कुराहरु छन। र, छलफल गरेर लैजाऊ भनेर भनेका छौं। सत्तापक्ष, यदि नागरिकता विधेयकबारे इमान्दार थियो भने त्यो जे प्रक्रिया चलिराखेको थियो। र, जहाँ गएर अडकिराखेको थियो। त्यसमा विवाद छ। विवाद हुन्छ भन्ने कुरा सत्तापक्षलाई थाहा थियो। र, इमान्दार थियो भने उसले सर्वदलीय बैठक राख्न सक्थ्यो कि सक्दैन थियो? यसको बारेमा के गर्ने। यसलाई कसरी अगाडि बढाउने, चाँडै टुंगो लगाउनुपर्नेछ भन्ने ढंगले यसबाट निकास निकाल्न सकिन्थ्यो कि सकिदैन थियो? सुटुक्कै, त्यो पनि भारत भ्रमणमा निस्कनु १÷२ घण्टा अगाडि गर्नुपर्ने के कारण छ? र, अहिले रोकिएको एमालेको कारण, राप्रपाको कारण, रास्वपाको कारण रोकिएको हो? त्यो अदालतमा हामीले गएर उजुरी हालेको हो? तपाईहरुलाई थाहा थियो–हामीले अहिले गर्नलाई गरिदिऊ। भारत पनि खुशी हुन्छ। यो नागरिकता नपाएका मानिसहरु पनि खुशी हुन्छन। आखिरी अदालत रोकि हाल्छ। कसै न कसैले उजुरी गरीहाल्छ। जानाजान गरेको विषय हो। यो चिज त हामीले भनेका छैनौं। त्यसकारण यसलाई राजनीतिकरण गर्नु हुँदैन।’

प्रकाशित: ४ असार २०८० ०९:०० सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App