२२ मंसिर २०८२ सोमबार
image/svg+xml
राजनीति

मधेश प्रदेश: पाँच वटा संसदीय समितिका सभापति निर्विरोध निर्वाचित

मधेश प्रदेशसभामा विभिन्न सात वटा मध्ये पाँच वटा विषयगत समितिका सभापति चयन गरिएको छ। 

आज सभापति छनौटका लागि भएको निर्वाचनमा पाँच वटा समितिका सभापतिमा निर्विरोध निर्वाचित भएको प्रदेशसभा सचिवालयका सचिव रंजित कुमार यादवले जानकारी दिए। 

विकास समितिमा (जसपा) का शारदा शंकर प्रसाद कलवार,अर्थ तथा योजना समितिमा जनमत पार्टीका सतिश कुमार हिंस,प्राकृतिक श्रोत तथा वातावरण समितिमा माओवादी केन्द्रकी शारदा दास पहाडी,सार्वजनिक लेखा समितिमा एमालेकी  मंजु कुमारी थापा मगर र महिला,बालबालिका तथा सामाजिक न्याय समितिका सभापतिमा रुपा कुमारी यादव निर्विरोध निर्वाचित भएको सचिवालयले जनाइएको छ। 

प्रदेशसभामा सात वटा संसदीय समितिमध्ये पाँच वटा समितिको सभापति छनौट भइसकेपछि प्रदेशसभा मामिला र कृषि तथा भूमि व्यवस्था समितिका सभापति छनौट गर्न बाँकी रहेको छ। कांग्रेस र एकीकृत समाजवादी पार्टी कसलाई बनाउने टुंगो नलाग्दा दुई वटा समितिमा सभापति चयन हुन सकेको छैन्। केही दिनभित्रै दुई वटै समितिको सभापति टुंगो लाग्ने सचिव यादवले बताए।

प्रदेशसभामा एक बढी सांसद रहेका सात दलले एक/एक समितिका सभापति लिने सहमति भएपछि आज पाँच वटा समितिका सभापति चयन भएको हो। 

प्रकाशित: ३ असार २०८० ०७:४१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App