५ आश्विन २०८१ शनिबार
image/svg+xml
राजनीति

लुम्बिनीमा ४० अर्ब ४८ करोडको बजेट

फाइल तस्बिर

लुम्बिनी प्रदेशले आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि ४० अर्ब ४७ करोड ९७ लाख रुपैयाँको बजेट सार्वजनिक गरेको छ।

प्रदेश सरकारका आर्थिक मामिला मन्त्री धनबहादुर मास्की रानाले शुक्रबारको प्रदेश सभा बैठकमा उक्त बजेट सार्वजनिक गरेका हुन्।

कुल विनियोजनमध्ये चालुतर्फ १३ अर्ब ६३ करोड ३० लाख, पुँजीगततर्फ २३ अर्ब २५ करोड ६९ लाख र वित्तीय व्यवस्थापनतर्फ तीन अर्ब ५८ करोड ९७ लाख विनियोजन गरिएको छ।

यो गत वर्षभन्दा २ अर्ब १६ करोड कम  हो। प्रदेश सरकारले गत वर्ष ४२ अर्ब ६३ करोड ५७ लाख रुपैयाँको बजेट ल्याएको थियो।

प्रकाशित: १ असार २०८० १२:३४ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App