१६ जेष्ठ २०८१ बुधबार
image/svg+xml
राजनीति

बजेट सच्याएर ल्याउन सरकारसँग राजेन्द्र लिङदेनको माग

फाइल तस्बिर

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङदेनले बजेट सच्याएर ल्याउन सरकारसँग माग गरेका छन्। 

बजेट सच्याएर नल्याए जनताले नमान्ने र संघीय लोकतान्त्रिक गणतन्त्र धरापमा पर्ने उनको भनाइ थियो।

शुक्रबार प्रतिनिधिसभा बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, भूमि व्यवस्था, सहकारी तथा गरिवी निवारण मन्त्रालय र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको विनियोजन शिर्षकमाथिको छलफलमा भाग लिँदै उनले बजेट सच्याएर ल्याउने काम सत्तापक्षले गरे एउटा राम्रो परम्पराको सुरुवात पनि हुने र संसदको पनि गरिमा बढने बताए।  

अध्यक्ष लिङदेनले बजेटमा सत्तापक्ष भित्र रुवाबासीको अवस्था रहेको देखिनु बिडम्बनापूर्ण रहेको समेत बताए।

उनले भने, ‘यो छलफलमा सत्ता पक्षले समर्थन गर्ने र विपक्षले विरोध गर्ने। अन्तत्वगत्वा कमा, फुलिष्टव पनि चेन्ज नहुने। जे छ ताकि ठोक्ने अगाडि बढने भन्ने कुरा आइराखेको थियो। सत्ता पक्षीय साथीहरुको पनि दुईटा प्रवृत्ति देखियो। एकथरी साथीहरुको हाम्रो भन्दा बढि रुवाबासी। बजेटमा पहुँच पु¥याउने सत्तापक्षको यो बजेट सबैभन्दा सुन्दर छ भन्ने। सत्तापक्षबीचको पनि विभाजन अहिले यसो देखियो। मेरो यसपाली बजेट परेन भनेर धेरै गुनासो छैन। भनिनै सक्नु भएको छ मन्त्रीले। अलिकति नदेखिने गरी आफ्नोमा बेसी हाल्ने नै हो। आफ्नो सरकार भएको बेला आफ्नो ठाउँमा हाल्नेनै हो भन्या छ। त्यो प्रवृत्ति विगतदेखि नै चलेर आएको छ। यहाँ परेन भनेर भन्नुको अर्थ छैन। तर बजेट बनाउने क्रममा जुन प्रवृत्ति विकसित भएर गइराखेको छ। त्यसमा खास गरेर सत्तापक्षले हामीले बारम्बार भ्रष्टाचारको विरोध गर्दा, काम भएन भनेर भन्दा, पहिलेको भन्दै काम कम भयो भन्दा पहिलेको भन्दा भ्रष्टाचार कम भयो, पहिलेको भन्दा बढि बाटो बन्यो भनेर साथीहरुले जो भनिराख्नु भएको छ। त्यो भए अब हामी पछाडि फर्कने? भन्ने जस्तो कुरा गरिराख्नु भएको छ । तर मैले के भन्छु भने जुन प्रवृत्ति विकसित भइराखेको छ। त्यसले तपाईहरुले भनेको व्यवस्थालाई नै कमजोर बनाउँछ। केन्द्रबाट बाटोको लागि छुट्टयाईने बजेट १ लाख, २ लाख पनि हुने। यसले कस्तो संघीयता ल्याईराखेको छ? कस्तो संघीयता बनाईराखेको छ? देशमा। यही हो त तपाईहरुले ल्याउनु भएको संघीयता? २० किलोमिटर बाटोको लागि ७० लाख रुपैयाँ, ५ लाख रुपैयाँ, २ लाख रुपैयाँ पनि छुट्टयाउनु भएको छ। एक लाख पनि छुट्टयाउनु भएको छ।’

प्रकाशित: १ असार २०८० ०८:४३ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App