२३ वैशाख २०८१ आइतबार
image/svg+xml
राजनीति

पर्यटनमन्त्रीले भ्रष्टाचारीलाई सघाएको आरोप

फाइल तस्वीर

प्रतिनिधिसभाको बैठकमा पर्यटनमन्त्रीले भ्रष्टाचारीलाई संरक्षण गरेको भन्दै पूर्व पर्यटन मन्त्रीले आरोप लगाएका छन्। बिहीबार बसेको बैठकमा बोल्दै पूर्व पर्यटनमन्त्री एवं एकीकृत समाजवादीका सांसद प्रेम आलेले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री सुदन किराँतीले भ्रष्टचारीलाई संरक्षण गरेको आरोप लगाएका हुन्।

बैठकको सुरुमा समय लिएर बोल्दै सांसद आलेले पशुपतिनाथ मन्दिरको घ्याम्पे दानपेटिका चोरी गर्ने कोषका पदाधिकारीलाई विभागीय मन्त्रीले संरक्षण गरेको बताए। उनले भने, ‘मूर्ति तथा बहुमूल्य सामग्री चोरिएको छ , कोषको अध्यक्ष, मन्त्री, पदाधिकारी मस्त निद्रामा छन्।’

प्रतिनिधिसभाको बैठकमा पर्यटनमन्त्रीले भ्रष्टाचारीलाई संरक्षण गरेको भन्दै पूर्व पर्यटन मन्त्रीले आरोप लगाएका छन्।

उनले पशुपतिनाथमा पटकपटक यसबीचमा भएका चोरी र लुटपाटमा संलग्न व्यक्तिलाई मन्त्री किरातीले जोगाएको दाबी गरे। पशुपति क्षेत्र विकास कोषले चोरीको छानबिन गरेको प्रतिवेदन मन्त्रीले गायब पारेको भन्दै छानबिन समितिका संयोजक देवी बराललाई कोषको सदस्यबाट हटाएर चोर र भ्रष्टाचारीको संरक्षण गरेको आलेको आरोप छ।

गोठाटारको ५ सय ३५ रोपनी जग्गामध्ये ५ सय ४ रोपनी मात्र हालसाबिक गरेर ३१ रोपनी जग्गा बिचौलियाहरूको मिलेमतोमा अपचलन गरी त्यही अपचलनमा मुछिएकालाई कोषको सदस्यमा नियुक्ति दिइएको पनि उनले बताए।

गोठाटारको सार्वजनिक जग्गा हडपेको विरोध गर्ने कोषका सदस्यहरू विश्वकरण जैन, पूर्णबहादुर जेठारालाई पदबाट हटाउनका लागि यही जेठ २५ गते स्पष्टीकरण सोधिएको पनि उनको भनाइ छ।

गोठाटारको ५ सय ३५ रोपनी जग्गामध्ये ५ सय ४ रोपनी मात्र हालसाबिक गरेर ३१ रोपनी जग्गा बिचौलियाहरूको मिलेमतोमा अपचलन गरी त्यही अपचलनमा मुछिएकालाई कोषको सदस्यमा नियुक्ति दिइएको पनि उनले बताए।

यस्तै सांसद आलेले नेपाल बायुसेवा निगम महालेखा परीक्षकको रिर्पोट अनुसार नेपाल वायुसेवा निगमको घाटा १ अर्ब ७० करोड रहेको र ऋण ५० अर्ब नाघिसकेको बताउँदै ३ महिनामा निगमले ३ अर्ब नाफा कमायो भनेर पर्यटनमन्त्रीले संचारमाध्यममा झुट बोलेको बताए। उनले यसरी जनतालाई भ्रम छर्न नपाइने बताउँदै सदनमार्फत स्पष्ट पार्नसमेत माग गरे।’

कर्मचारी सञ्चयकोष तथा नागरिक लगानीकर्ताको ऋण नतिरेर तीनवटा जहाज किन्ने कुरामा सत्यता नभएको पनि उनले बताए। पूर्वपर्यटनमन्त्री आलेले अर्थमन्त्रालयको तार काट्ने मुसा पशुपतिनाथमा प्रवेश गरेको र त्यसलाई मन्त्री किरातीले संरक्षण दिएको बताए।

प्रकाशित: १ असार २०८० ०२:१७ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App